भारतीय राष्ट्रपति द्रौपदी मुर्मूद्वारा प्रतिष्ठित ‘डुरान्ड कप २०२६’ को ट्रफी अनावरण

FB_IMG_1783442560298

​नयाँ दिल्ली: एसियाकै सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता ‘डुरान्ड कप २०२६’ को नयाँ संस्करणका लागि ट्रफीहरूको भव्य अनावरण गरिएको छ। भारतकी माननीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवन सांस्कृतिक केन्द्र (आरबीसीसी) मा आयोजित एक विशेष गरिमामय समारोहका बीच यस वर्षको डुरान्ड कपका ट्रफीहरू सार्वजनिक गर्दै ‘फ्ल्याग अफ’ (झन्डोत्तोलन) गरेकी हुन्। भारतीय प्रेस सूचना ब्युरो (पीआईबी) का अनुसार खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने र देशमा फुटबलको क्रेजलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ राष्ट्रपति भवनमा यो भब्य समारोह आयोजना गरिएको हो।

​समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले डुरान्ड कपको गौरवशाली इतिहाससँग जोडिएका भूतपूर्व तथा वर्तमान पदाधिकारीहरू र खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले १३५ वर्षभन्दा लामो विरासत बोकेको डुरान्ड कप केवल एउटा प्रतियोगिता मात्र नभएर भारतमा फुटबलको आधारशिला भएको उल्लेख गरिन्। यस ऐतिहासिक प्रतियोगिताले विगतदेखि नै देशका अनगिन्ती प्रतिभाशाली र उदाउँदा फुटबल खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा उत्कृष्ट राष्ट्रिय मञ्च प्रदान गर्दै आएको भन्दै उनले आगामी संस्करणले पनि नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गरिन्। भारतीय सेना र सरोकारवाला निकायहरूको सहकार्यमा आयोजना हुने यस प्रतियोगिताले देशभरीका फुटबल प्रेमीहरूमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ।

About Author

Advertisement