वार्ड नम्बर दुईको मेल सेल्फ हेल्प ग्रुपद्वारा सर सफाई कार्यक्रम

IMG-20260627-WA0094

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत टेकबीर बस्ती वार्ड नम्बर दुईको मेल सेल्फ हेल्प ग्रुप आफन्तद्वारा सर सफाई कार्यक्रम सम्पन्न गरियो। चेयरपर्सन समिर गुरुङ, सचिव बिरबल पाखरीन, कोषाध्यक्ष नरेन लामा अनि सदस्यहरू सुजय गुरुङ,जन बस्को राई,अजय गुरुङ,बिपेन्द्र राई,रमोद गुरुङ र प्रितम लामा यस कार्यक्रममा सहभागी थिए। उक्त सर सफाई कार्य अन्तर्गत अजय गुरुङको घरदेखि लिएर तल पुलको डाँडासम्मको बाटोको दुवै छेउमा घाँस पात बढेर मानिसहरू हिड्नलाई असुविधा भोगीरहेका छन् साथै बाटोमा बर्खाको कारण लेउ लागेर बाटो चिप्लो भईसकेको छ। यही बाटो भएर दिनहुँ स्कूले छात्र,छात्रा साथै गाउँका मानिसहरू हिँड्छन्। धेरै चोटि विद्यार्थीहरू र गाउँले मानिसहरू आवात जावत गर्दा लडेका छन्। यसै असुविधालाई ध्यानमा राख्दै यस ग्रुपको दशजना सदस्यहरूले पैसा संग्रह गरी ब्लिचिङ पाउडर किनेर बाटोको सर सफाई गरेर जनसाधारणको सुविधाको निम्ति ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो।

समाजको सक्रिय सदस्य अमिर भुषालले यस कार्यक्रममा सहभागी सदस्यहरूलाई चिया पानी उपलब्ध गराई दिएकोमा ग्रुपको पक्षबाट धन्यवाद ज्ञापन पनि गरियो। आउँदो दिनमा पनि यस ग्रुपद्वारा जनसाधारणको हितको निम्ति अझैं कार्यहरू गरिने जानकारी सचिव बिरबल पाखरीनले दिएका छन्।

About Author

Advertisement