वाराणसीमा अधिवक्ताको सुरक्षा गार्डद्वारा गोली हानेर हत्या

00-1-Rashtriya-Samachar-3

वाराणसीः लालपुर पाण्डेयपुर थाना क्षेत्रको ताडीखाना तिराहे छेउ एउटा लनमा नयॉं वर्षमा साथीहरूसॅंग पार्टी गरिरहेका एक अधिवक्ताको गोली हानेर हत्या गरिएको छ। सूचना पाउन साथ घटना स्थलमा आइपुगेको पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले शव आफ्नो अधीनमा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ।

चौकाघाट ताडीखाना तिराहे छेउ गौरव सिंहको लनमा आइतवार अबेर सॉंझ नदेसर निवासी अधिवक्ता राघवेन्द्र सिंह आफ्नो साथीहरूसॅंग नयॉं वर्षको पार्टी गरिरहेका थिए। यस अवधि नशामा धुत अधिवक्ता र लनका सुरक्षा गार्डबिच भनावैरी भयो। अधिवक्ताले जातिगत आधारमा अपशब्दहरू गरेको आरोप छ। अक्रोशित गार्डले आफ्नो पेस्तोल निकालेर राघवेन्द्र सिंहमाथि गोली चलाए।

घाइते सिंहलाई उनका साथीहरूले बीएचयू ट्रमा सेन्टर लिएर गए, जहॉं चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। पुलिसले आरोपित सुरक्षा गार्ड हरदेन्दु शेखर त्रिपाठीलाई हिरासतमा लिएको छ।

-हिस

About Author

Advertisement