वनडे क्रिकेटमा अफगानिस्तानको उत्थान जारी, आईसीसी ऱ्याङकिंगको छैटौं स्थानमा

IMG-20261102-WA0091

दुबई: अफगानिस्तान टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अझ एउटा ठूलो उपलब्धि हासिल गऱ्यो। टोलीले आईसीसीको ताजा पुुरुष वनडे टीम ऱ्याङकिंगमा छैटौं स्थान हासिल गरेको छ, जुन वनडे क्रिकेटको इतिहासमा उनीहरूको अहिलेसम्मको सर्वश्रेष्ठ ऱ्याङकिंग हो। यस उपलब्धिको साथ अफगानिस्तानले श्रीलंकालाई पछि छोड़ेको छ। अफगानिस्तानको टोलीले गत केही सालमा सीमित ओभरहरूका क्रिकेटमा असाधारण प्रदर्शन गरी आफ्नो अलग पहिचान बनाएको छ। साल २००९-मा अन्तर्राष्ट्रिय वनडे क्रिकेटमा पदार्पण गर्ने अफगानिस्तानले अहिले बंग्लादेश, ईंग्ल्याण्ड र वेष्ट इण्डिज जस्ता टोलीहरूलाई पनि ऱ्याङकिंहमा पछि छोड़िसकेको छ। अफगानिस्तानले अहिलेसम्म १९१ वटा वनडे म्याच खेलेर ९६ वटा जितेको छ। टोलीको जीत-हारको अनुपात १.०९ रहेको छ। अफगानिस्तानको टोलीले ठूलो अन्तर्राष्ट्रिय टुर्नामेण्टहरूमा पनि आफ्नो क्षमता साबित गरिसकेको छ। अफगानिस्तानले २०२३-मा भारतमा भएको आईसीसी पुरुष वनडे विश्व कपमा पाकिस्तान र श्रीलंका जस्ता मजबूत टोलीहरूलाई पराजित गरी सबैको ध्यान आकर्षित गरेको थियो। यी जीतहरूले अफगान टोली अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि टोलीलाई चुनौती दिन सक्षम रहेको साबित गरेको छ। वनडे बाहेक टी२० क्रिकेटमा पनि अफगानिस्तानले ठूलो उपलब्धि हासिल गरेको छ। टोली २०२४-मा पहिलोपल्ट आईसीसी पुरुष टी२० विश्व कपको सेमिफाइनलमा पुगेको थियो। अफगानिस्तानको हालका प्रदर्शन पनि असाधारण रहेको छ। टोलीले आयरल्याण्डविरुद्ध उनीहरूकै माटोमा खेलिएको टी२० सीरीज ४-०-ले क्लीन स्वीप गरेको थियो। त्यसपछि जिम्बाब्वे र बंग्लादेशसँग खेलिएको त्रिकोणीय सीरीजमा पनि अफगानिस्तान अजेय रहेको थियो। यसरी अफगानिस्तानले आइतवार शारजाहमा जिम्बाब्वेविरुद्ध तेस्रो टी२० म्याचमा ७ विकेटले जीतको साथ ३ वटा म्याचको सीरीज ३-०-ले आफ्नो नाम गऱ्यो।

About Author

Advertisement