कालेबुङमा खानेपानी संकटको समाधानको मागमा ऱ्यालीको साथमा जिल्लापाल कार्यालय घेराउ

167d9a96-03b1-4972-93ee-21b7e38f4242

कालेबुङ: कालेबुङमा विगत ११ दिनदेखि खानेपानी संकटको चलिरहेकोले आज जनकल्याण समितिद्वारा कालेबुङ जिल्लापाल कार्यालय घेराउ गरेका छन्।लगातार ११ दिनदेखि खानेपानी नपाएपछि कालेबुङ शहरवासीको जनजीवन प्रभावित बनेको छ। यसैबीच कालेबुङ जनकल्याण समितिको आयोजनामा आज कालेबुङ बजारमा विरोध र्‍याली पनि निकालियो। र्‍यालीले शहर परिक्रमा गर्दै जिल्लापाल कार्यालय पुगेर घेराउ गरेको थियो। समितिले कालेबुङमा पानीको समस्यालाई लिएर जिल्लापाललाई ज्ञापन पत्र बुझाउँदै तत्काल पानीको आपूर्ति सुचारु गर्न माग गरेको छ। यस क्रममा पानीको समस्यालाई लिएर आन्दोलनकारीहरुको स्पष्ट सन्देश छ— ‘पानी देऊ, नत्र जवाफ देऊ!’ कालेबुङमा चलिरहेको पानीको समस्यालाई लिएर पत्रकारहरुलाई सम्बोधन गर्दै विभिन्न मानिसहरुले यसरी बताएका छन्।

About Author

Advertisement