दार्जीलिङ: लोवर लामा गाउँमा बाटो।स्थानीय गाउँलेहरू खुशीले रमाए। लोवर लामा गाउँको मानिसहरू बाटोको अभावले धेरै समस्याहरू भोग्दै आई रहेका थिए। स्थानीय मानिसहरूले आफुहरूको गाउँसम्म पूग्ने बाटोेको निर्माण गरी दिने पहाडको राजनैतिक दलहरू देखि लिएर विभागीय अधिकारीहरू समक्ष गुहार लगाउँदै आई रहेको भएता पनि गाउँलेहरूको पुकारलाई कसैले पतो दिएको थिएन। यसै वीच स्थानीय लामा गाउँ का मानिसहरूले हाम्रो पार्टीको क्षेत्रिया बरिष्ठ कार्यकर्ता अनित सुब्बा समक्ष बाटोको निर्माण गरी दिने विन्ती विछाउँदा उनले पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष यी विषयहरू पूराई दिएपछि अजय एडवाडर्सले बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिएका थिए। अजय एडवाडर्सले पठाई दिएको जेसीपीले धेरै दिनसम्म बाटो को खनन कार्य गरेको थियो। रहल खनन कार्यलाई पूरा गर्न स्थानीय मानिसहरूले पून अनित सुब्बा समक्ष आग्रह गर्दा पार्टी अध्यक्ष अजय एडवाडर्सले पूनः जेसीपी पठाई दिएका छन अनि बाटोको खनन कार्य शुरू गरेको छ। लामा गाउँको बासिन्दाहरूले हाम्रो दुखेसो केवल हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मात्र सुनी दिए भन्दै अजय एडवाडर्स र अनित सुब्बाप्रति आभार जनाएका छन।










