दार्जीलिङ: विगतका सालहरूमा जस्तै यस बर्ष पनि एडवाडर्स फाउण्डेशनले यूपीएससी, डुब्लूवीसीएस आदि जस्ता कोचिङ छात्र वृद्वि कार्यक्रम २०२३-२४ को लागि सूचना जारी गरेको छ। दार्जीलिङ पार्वतीय क्षेत्रहरू बाट पनि आइएएस, आईपीएस, डुब्लूवीसीएस आदि जस्ता सिविल सेवा परिक्षाहरू उर्तीण हुन पर्छ भन्ने सोचहरू लिएर एडवाडर्स फाउण्डेशनले निशुल्क कोचिङ सेन्ट्रर हरू संचालन गर्दै आई रहेको छ। गत बर्ष एडवाडर्स फाउण्डेशनद्वारा कोचिङ प्राप्त गरेका सुकियाको एक जना विधार्थीले बैंकको उच्च पदमा सेवाको परिक्षा उर्तीण गरी सकेका छन।एडवाडर्स फाउण्डेशनले २०२३-२४ को यूपीएससी, डुब्लूवीसीएस आदि जस्ता उच्च परिक्षाको निम्ति जुलाई महिनादेखि तालिम शुरू गर्ने भएको छ। उम्मेद्वारहरूको छनौट २ चरणमा गरिनेछ, जसमा खुला प्रतिस्पर्धात्मक परिक्षाको आधारमा गरिनेछ। जसमा लिखित परिक्षा अनि अर्को ब्यक्तित्व परिक्षण गरिनेछ। लिखित परिक्षामा प्राप्त अंकको आधारमा निश्चित संख्यामा उम्मेद्वारहरूलाई ब्यक्तित्व परिक्षाको निम्ति बोलाइनेछ।चयन भएका उम्मेद्वारहरूलाई दार्जीलिङमा सिविल सेवा परिक्षाको निम्ति एक बर्षसम्म निशुल्क कोचिङ प्रदान गरिनेछ। उम्मेद्वारहरूले कुनै पनि विषयमा स्नातक गरेको हुन पर्छ अनि उम्मेद्वारहरूको उमेर २१ बर्ष भन्दा माथि हुनु हुदैन साथै योग्यताको आधारमा चयन हुनेछ,कुनै आरक्षणको आधारमा लिइने छैन। निशुल्क कोचिङको निम्ति ८, ६, २३ देखि शहरको नेरू रोड स्थित ग्लेनरिज अनि सीआर दास रोड स्थित पी कोठीमा आबेदन फरमहरू उपलब्ध रहनेछ। त्यसरी नै कालेबुङ, खरसाङ, मिरिक आदि क्षेत्रहरूमा एडवाडर्स फाउण्डेशनको स्वयम सेवकहरूले फरमहरू उपलब्ध गराउँने साथै विभिन्न ठाउँहरूमा पोस्टरहरू टाँसेर मानिसहरूलाई जानकारी गराइनेछ। फरम अथवा अन्य कुनै पनि विषयहरू बारे जानकारी लिन चाहेको खण्डमा:
दार्जीलिङ: ७७९७४८४५०३/९८३६९७१८४७/ ७९०८९०२६२४
खरसाङ: ७००१०२४२९३
मिरिक: ९८३२०७१३४३
कालेबुङ: ८५९७११२१४९/ ८२५००३८३२९/ ६२९६५४३८६७/७३८४५१२८९९
फरम जम्मा गरने अखरी तिथी: ७ July २०२३
नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।फरम वितरण सोमबारदेखि शनिबार विहान ११ बजीदेखि साँझ ४ बजेसम्म पी. कोठी एडवाडर्स फाउण्डेशन कार्यलयमा वितरण गरिनेछ।अझ थप जानकारीको निम्ति एडवाडर्स फाउण्डेशन, फेसबुक, इन्स्टाग्राम र टविटरमा जाने आहवान गरेको छ।











