दार्जीलिङ: सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने लोवर राणा डाँडा, हिन्दु डाँडा, डुक्पा डाँडा अनि लोवर राणा डाँडा सम्म बाटो पूग्न सकेको थिए।दार्जीलिङ गोर्खा पार्वतीय परिषदको कोषबाट यस क्षेत्रमा बाटोको खनन कार्य भएको थियो तर अहिले यसको पनि अवस्था जीर्ण भई सकेको छ।यो बाटोसंग जोडेर तल लोवर राणा डाँडा सम्म पूर्याउन हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले जेसीभी प्रदान गरेको हाम्रो पार्टी शाखा अध्यक्ष दिनेश राईले बताएको छ। तिनले थप भने “चूनावको समयमा पहाडको राजनैतिक दल एंव नेताहरूले हामी गाउँबासीहरूलाई धेरै प्रकारको प्रलोभनहरू देखाउने गर्छ तर चूनाव सिद्विएपछि नाक मुख देखाउदैन,हाम्रो यस क्षेत्रमा आजसम्म कुनै नेता एंव राजनैतिक दलहरूको नजर पूगेको छैन एंव थिएन तर हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले आफ्नो गोजीको पैसाले हाम्रो क्षेत्रमा बाटो खनन कार्य शुरू गरी दिएको छ, यसको निम्ति हामी आभारी छौ” राईले भने।










