दार्जीलिङ २८ मई: ‘सिलिमहिल चिया बगानको श्रमिकहरूले न्याय नपाएसम्म म छोडने छुइँन’ यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको हो। गत केही दिन अघिदेखि सिलिमहिल चिया बगानको श्रमिकहरू आन्दोलनमा ओर्लिएका छन। सिलिमहिल चिया बगानको मालिकले नयाँ बगानमा लगाएको चियाको बोटहरू उखेलेर त्यहाँ रिसोर्ट अनि होटल बनाउने हल्ला छ। भर्खरै लगाएको चियाको बोटहरू उखल्न हुँदैन भन्ने मांग लिएर श्रमिकहरू आन्दोलनमा ओर्लिएको हो। सडकमा ओर्लिएको श्रमिकहरूको अवस्था बुझ्न आज हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड सिलिमहिल चिया बगानको नयाँ कमानमा पूगेका थिए। आन्दोलनमा ओर्लिएका श्रमिकहरूलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले भनेे “तपाईहरूको आवाज मैले विभिन्न पत्र पत्रिकाहरू अनि समाजिक संजालहरू मार्फत सुन्दै आईरहेको थिए तर मेरो कतिपय कामहरूको कारणले गर्दा तपाईहरूको समस्या बुझ्न आउँनमा विलम्ब भयो। यसको निम्ति क्षमा प्रार्थी छु।” तिनले अघि भने “तपाई र हाम्रो सम्बन्ध केवल आजलाई मात्र होइन पछिसम्म रहोस भन्ने म ईश्वरसमक्ष प्रार्थना पनि गर्छु। आज म यहाँ आएको छु, अब जबसम्म तपाईहरूको मांगलाई मालिकबर्गले स्वीकार्दैन तबसम्म निरन्तर रूपमा लागि बस्ने छु” अध्यक्ष एडवर्डले भने। नयाँ कमानको श्रमिकहरूको मांग ठूलो छैन, रंगीट चिया बगानको मालिकले ताज होटल बनाउँदै थिए, होटल निर्माणको विरोधमा हामी थिएनौ तर त्यहाँको श्रमिकहरूमाथि जस्तो प्रकारको दमन भई रहेको थियो, त्यसको विरोधमा हामी ओर्लिएका थियौ। दशैको समयमा बगान पक्षबाट श्रमिकहरूलाई प्रदान गरिने पूजा बोनसको समयमा मालिक पक्षले बगान बन्द गरेको थियो, रंगीट चिया बगानको श्रमिकहरूको पीडामा आत्मासात गरयौ, बगानमा कार्यरत एक श्रमिकलाई मैले आमा ठाने अनि उनको हातबाट दशैको टिका लगाए, आमाको हातबाट आर्शिबाद लिए। रंगीट चिया बगानको श्रमिकहरू को समस्याहरूसंग आत्मासात गर्दै हामी सवै आन्दोलनमा ओर्लियौ, आज रंगीट चिया बगानको श्रमिकहरूले न्याय पाएको छ। आज रंगीट चिया बगानको श्रमिकहरू र हाम्रो सम्बंध प्रगढ भएको छ, रंगीट चिया बगानको श्रमिकहरू जस्तै सिलिमहिल चिया बगानकेा श्रमिकहरूसंग पनि हाम्रो सम्बंध प्रगाढ होस भन्ने ईश्वरसंग प्रार्थना गर्छु अध्यक्ष एडवर्डले भने। आज म यहाँ आएको छु,जबसम्म यहाँको श्रमिकहरूले न्याय पाउने छैन तबसम्म म छोडने छुइन भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले वाचा पनि गरयो।तपाईहरूको मांग २० बर्ष अघि बगानमा लगाएको चियाको बोटलाई यथवत राख्ने हो।यति सानो तपाईहरूको मांगलाई मालिकबर्गले सुन्दैन भने हामी पनि पछि हट्ने छैनौ अध्यक्ष एडवर्डले स्पष्ट शब्दमा भने।रंगीट चिया बगानको श्रमिकहरूमाथि यस्तै अन्याय र अत्यचार गर्दा हामी खडा भएका थियौ, त्यहाँका श्रमिकहरूलाई पुलिसको डर, प्रशासनको डर, रूपियाँ पैसाको प्रलोभनहरू देखाएका थिए तर हामी पछि हटेनौ। हामी श्रमिकहरूले श्रमिकहरूको पक्षमा खडा भएर आवाज उठाउदा पुंजीपतिहरूको पक्षमा खडा हुनेहरूले हामीलाई विभिन्न प्रकारको आरोप र लान्छनाहरू लगाएका थिए। हाम्रो आन्दोलनलाई दबाउनलाई मालिक पक्षले हामीमाथि एक सय करोड रूपियाँको मानहानीको मुद्वा देखि लिएर थुप्रै मामलाहरू दर्ता गरयो तर हामी पछि हटेनौ, हामीले हाम्रो आमरण भोक हडताललाई जारी राख्यौ। रंगीट चिया बगानको समाज, संघ संस्था पार्टी मिलेर हामी सवै एकबद्व भएर आन्दोलनमा ओर्लियौ, कोलकता हाई कोर्टमा मामलाहरू दर्ता गरयो तर पनि हामी पछि हटेनौ अन्तमा आएर मालिक पक्षले श्रमिकहरूको मांगलाई स्वीकार्न बाध्य भए।काम पनि विगार्न हुदैन डराउनु पनि हुदैन अध्यक्ष एडवर्डले भने।रंगीट चिया बगानमा ताज होटलको निर्माण हुदैछ तर त्यस ताज होटलमा ८० प्रतिशत स्थानमा स्थानीय मानिसहरूलाई नोकारीमा राख्ने भएको छ, श्रमिकहरूले घर जमीन सवैको मालिकले एनओसी दिने भएको छ अध्यक्ष एडवर्डले भने।तिनले अघि भने अघिमात्र एक जना श्रमिक दिदीले भन्दै थिए म मेरो मनमा लागेको कुराहरू बोल्छु यदि म बोल्दा मलाई कामबाट निकाल्छ भने निकालोस तर म चूप बस्ने छुइँन भने दिदी तपाई ले आफुमाथि भएको अन्याय र शोषणको पक्षमा बोल्दा कामबाट निकाल्छ भने हामी चूप बस्ने छैनौ, तपाईलाई नोकारीबाट कसरी निकाल्दो रहेछ हामी हेर्छौ भन्दै एडवाडर्सले आक्रोशित भए। तिनले भने “म मेरो सम्पति बेचेर भए पनि सिलिमहिल चिया बगानको श्रमिकहरूलाई न्याय दिलाउने छु। तपाईहरूले आफ्नो आन्दोलनलाई जारी राख्नु होस, भोक पेटले आन्दोलन हुदैन, ती सवै विषयहरूमाथि हामी के गर्न पर्ने त्यो सहयोग गर्ने छौ” अध्यक्ष एडवर्डले भने।










