लोक निर्माण विभागको कार्यालयमा आगलागी

Screenshot_20260416_182726_Facebook

सिलगढ़ी: शहरकाे हॉस्पिटल मोड़ नजिकै अवस्थित लोक निर्माण विभाग (पीडब्ल्यूडी)- को कार्यालयमा अचानक आगो लाग्यो जसले गर्दा क्षेत्रमा खैलाबैला मचियो। प्रत्यक्षदर्शीहरू अनुसार गए बुधवार राति सबैभन्दा पहिला भवनको छतमा निर्मित एउटा कोठाबाट धुँवा निक्लिरहेको देखियो, त्यसपछि क्षणभरमै आगोले विकराल रूप धारण गऱ्यो।
घटना बारे जानकारी पाउनसाथ स्थानीय मानिसहरूले तुरून्त दमकल विभागलाई सूचित गरे। त्यसपछि दमकलको एउटा वाहनले घटनास्थलमा पुगेर आगो निभाउने काम शुरू गऱ्यो। ठूलो परिश्रम गरेर आगोलाई नियन्त्रित गरियो।
कर्मचारीहरूले बताए, आगो लागेको कोठालाई स्टोर रूमको रूपमा उपयोग गर्दै आइरहेको थियो। त्यहँ एएसी मशिन, बिजुलीको तार तथा अन्य उपकरणहरू थिए।
हाल आगलागीको कारण पत्तो लागेको छैन, तर शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्ने आशंका व्यक्त गरियो।

About Author

Advertisement