सिलगढी: खम्ब पुजनको माध्यम दुर्गा पुजाको तयारी शुरू गरेको छ। आज उक्त पुजा लोअर बाघडुग्रा सार्वजनिक दुर्गोत्सव कमिटीले गरेको हो। यस वर्ष पुजाको ६६औं साल हो भने पुजा घुम्न आउनेहरूलाई आकर्षित पार्नको लागि यसपल्टको दुर्गा पुजामा बङ्ग्लादेशको राज राजेश्वरी जमीबाड़ी के पण्डाल सजाइने भएको छ। पुजा आयोजक सूत्रले दिएको जानकारी अनुसार २२ लाख रूपियाँको बजेटमा पूजाको आयोजना गरिने छ। प्रत्येक वर्ष भै कोरोनाको परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, पेयजल साथै सेनिटाइजेसनको पनि व्यवस्था उपलब्ध रहने छ।









