दार्जीलिङ: सोनाम वाङचुकको धरना प्रदर्शनमा अजय एडवाडर्सले हिस्सा लिने जानकारी प्राप्त भएको छ।लद्दाखलाई छैटौं अनुसूचिमा समावेश गर्नु पर्ने मांग गर्दै आएका लद्दाखको समाज सेवी सोनाम वाङचुक गत केही दिन अघिदेखि धरनामा बसेका छन्। लद्दाखवासी एंव सोनाम वाङचुकले उठाउँदै आएको मांगलाई हाम्रो पार्टीले समर्थन जनाएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अहिले दिल्लीमा छन्। भोलि मंगलबार बिहान उनी दिल्लीबाट लद्दाखको निम्ति प्रस्थान हुने छन् अनि सोनाम वाङचुकको धरना प्रदर्शनमा अंश ग्रहण गर्ने भएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस् गत केही अघि काश्मीरलाई दुई भागमा विभाजन गरेर लेह लद्दाख र काश्मीरलाई केन्द्र शासित प्रदेश बनाइएको थियो। तर लेह लद्दाखवासीहरूले छुट्टै राज्य अथवा छैटौं अनुसूचि दिनु पर्ने मांग गर्दै आईरहेको छ भने अर्कोतिर दार्जीलिङ पहाड एंव गोर्खाहरूको मांग लेह लद्दाखीहरूकै जस्तै भएको हुनाले हाम्रो पार्टीले सोनाम वाङचुकको धरना प्रदर्शनीमा अंश ग्रहण गर्न जाने निर्णय लिएको हो भनी हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।










