पाकिम जिल्लापालले गरे विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक

IMG-20240318-WA0319.jpg

पाकिम: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज राज्यका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एक समन्वय सभा आयोजना गरे। पाकिम जिल्लाको रूरवन सामुदायिक भवनमा सम्पन्न भएको सभाको मुख्य उद्देश्य २०२४ को आम चुनालाई सहज कार्यान्वयनको लागि भारतीय चुनाउ आयोगको आदर्श आचार संहिता र अन्य सान्दर्भिक दिशानिर्देशहरूको पालनबारे प्रकाश पारिनु रहेको थियो। सभालाई सम्बोधन गर्दै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले राष्ट्रको लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्न राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका रहने बताउँदै भारतीय चुनाउ आयोगद्वारा लागु गरिएको आचार संहितामा उल्लिखित दिशानिर्देशलाई कार्यान्वय गर्नमा सहयोग दिनुपर्ने आग्रह गरे। उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण चुनाउ प्रक्रियाका लागि सकारात्मक उदाहरण प्रस्तुत गर्दै इमान्दारी र जिम्मेवारी देखाउन सबै दललाई सुझाउ दिए।

उनले राजनीतिक दलहरूलाई निर्वाचन प्रक्रियामा अखण्डता, निष्पक्षता र पारदर्शिता कायम राख्ने थप आग्रह गरेका छन्। यसका साथै उनले निर्वाचन गरिने खर्च अनुगमन र मनोनयन प्रक्रियाबारे जानकारी दिँदै जवाफदेहिता र नियमको पालना गर्नुपर्ने विषयमा जोड दिए। यसबाहेक उनले डिकलिङ विद्यालयमा मतगणना प्रक्रिया, स्ट्रङ्ग रूम सेटअप, र निर्वाचन अवधिमा मतदान र मतगणनाको व्यवस्थाबारेमा राजनीतिक दलका प्रतिनिधिहरूसँग विस्तृतरूपमा छलफल गरे।

उम्मेदवारले नामाङकन पत्र बुझाउन भन्दा एक दिन अघि नै व्याङ्कमा खाता खोल्नु पर्ने साथै अन्य महत्त्वपूर्ण पक्षहरू सहित स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि सबै राजनीतिक दलहरूलाई निर्देशनहरूको कडाईका साथ पालन गर्नुपर्ने आग्रह गरे।

सोही प्रकारले वरिष्ठ पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले पाकिम जिल्लाले आगामी चुनाउको निम्ति गरेको तयारी र यसको महत्वकाबारेमा उपस्थित सदस्यहरुलाई जानकारी गराउँदै सबै राजनीतिक दलहरुबीच समन्वय र सहकार्य बढाउन आह्वान गरे। उक्त चुनाउलाई शान्तिपूर्णढङ्गमा सम्पन्न गराउनको लागि तोकिएको नियम र निर्देशिकाको पालना गर्न पनि उनले दलहरुलाई सुझाव दिए। यसै क्रममा महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्रीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा चुनाउको समयमा राजनीतिक दलहरूले आयोजना गर्ने सभा, जुलुस, मतदानको दिन प्रक्रियाहरू, मतदान केन्द्र व्यवस्थापन, पार्टी आचरण, र चुनाव घोषणापत्रको सन्दर्भमा भारतीय चुनाउ आयोगद्वारा जारी गरिएको दिशानिर्देश अनुसार आदर्श आचार संहिता र यसका मुख्य प्रावधानहरू विस्ताररूपमा अवगत गराए।उनले आचार संहिता अन्तर्गत दिशानिर्देश अन्तर्गत के गर्ने र नगर्ने बा पनि अवगत गराउँदै राजनीतिक दलहरूले गर्ने विज्ञापन र प्रचारका लागि मीडिया प्रमाणीकरण र अनुगमन समितिबाट अनुमति लिनुपर्ने आवश्यकतामा जोड दिँदै उल्लङ्घन भएमा के कस्ता कानुनी कार्वाही हुन्छ,त्यसबारेमा पनि जानकारी गराए।

About Author

Advertisement