लियोनल मेस्सीको सल्ट लेक स्टेडियममा भएको कार्यक्रममा अव्यवस्थालाई लिएर मुख खोले शताद्रु दत्तले

IMG-20260512-WA0057

काेलकत्ता: अर्जेण्टिनाका स्टार फूटबलर लियोनल मेस्सीको काेलकत्ता यात्राको अवधि सल्ट लेक स्टेडियममा भएको तोड़फोड़को मामिलामा इभेण्टको आयोजक शताद्रु दत्तले मुख खोलेका छन्। शताद्रुले आफूलाई `बलिको बोका’ बताउँदै उनलाई मेस्सीलाई काेलकत्ता ल्याएको पछुतो रहेको दावी गरे। शताद्रुले पश्चिम बंगालका तत्कालीन खेल मन्त्री अरूप बिश्वासको मैदानमा उपस्थितिलाई लिएर प्रश्न उठाउँदै पुलिसले उनलाई विमानभित्र पक्राउ गर्दा मेस्सी र उनका म्यानेजरले त्यसको विरोध गरेको पनि खुलासा गरे। वास्तवमा १३ दिसम्बर २०२५-मा दिग्गज फूटबलर मेस्सी काेलकत्ताको सल्ट लेक स्टेडियममा आएका थिए, जहाँ भारी अव्यवस्था देखिएको थियो। हजारौंको संख्यामा उपस्थिति प्रशंसकहरूले महँगो टिकट किनेर पनि मेस्सीको एक झलक नपाउँदा स्टेडियममा तोड़फोड़ गरेका थिए। त्यस घटनापछि शताद्रुलाई पक्राउ गरिएको थियो। शताद्रुले भने, मलाई मेस्सीलाई काेलकत्ता ल्याउने पछुतो सदा रहनेछ। काेलकत्तासँग मेरो एउटा भावनात्मक जुड़ाउ रहेको छ। यस शहरले मेस्सीलाई देख्न पाओस् भन्ने म चाहन्थे। त्यो सम्पूर्ण रूपले पुलिसको विफलता थियो। गृह मन्त्रालय (एमएचए)-ले यसको निम्ति बंगाल सरकारलाई जेड प्लस श्रेणी दिएको थियो। तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जी पनि आउने थिइन् तर आयोजनमा भएको तोड़फोड़ पुलिसको विफलता थियो। मलाई तक्निकी कुराहरूको अधिक जानकारी छैन तर मलाई एउटा चिट्ठी प्राप्त भएको थियो, जसमा यो एउटा जेड प्लस श्रेणीको कार्यक्रम हो भन्ने उल्लेख गरिएको थियो। शाहरुख खान, मेस्सी, सौरभ गांगुलीको उपस्थितिमा त्यो एउटा कठोर सुरक्षा भएको कार्यक्रम थियो। हामीले धेरै बैठकहरू गऱ्यौं। कार्यक्रमको अवधि मैदानमा को-को उपस्थित रहनेछन् भन्ने पूरा रूपरेखा पुलिसद्वारा मञ्जुर गरिएको थियो।
शताद्रुले तत्कालीन खेल मन्त्री अरूप बिश्वासको मैदानमा उपस्थितिलाई लिएर प्रश्न उठाउँदै पुलिसले केवल ८-१० जनालाई मैदानमा प्रवेश गर्ने अनुमति दिएको थियो भनी बताए। उनले भने, एकजना अनुभवहीन खेल मन्त्रीले प्रशंसकहरूका भावनासँग खेलाँची गरे अनि आरोप मलाई लाग्यो। उनको त्यस मानसिकताले पूरा कार्यक्रम खतरामा पऱ्यो। उनले आफ्नो पदको गलत प्रयोग गरे। उनी कार्यक्रमको रूपरेखाको हिस्सा नै थिएनन्। मसँग अहिले पनि कार्यक्रमको रूपरेखा रहेको छ। मैदानमा को हुनु पर्नेछ अनि को हुनु हुँदैन भन्ने पुलिसलाई थाहा थियो। हामीले ३ दिन अघि डीजी पुलिससँग यसबारे चर्चा गरेका थियौं। मैदानमा शाहरुख खान, लियोनल मेस्सी, उनको टीमका केही सदस्यहरू, लुईस सुआरेज, म, केही नानीहरू, ममता ब्यानर्जी र सौरभ गांगुलीलाई मात्र जाने अनुमति थियो। कार्यक्रमको रूपरेखालाई मेस्सी अनि उनको टीमले पनि मञ्जुरी दिएको थियो। उनले भने, तत्कालीन खेल मन्त्रीले मेरो इभेण्ट हाईज्याक गरिदिए म के गर्न सक्छु? मैले कुनै स्क्याम गरेको होइन। नयाँ सरकारले कुनै भेदभाव बिना जाँच गरोस् भन्ने म चाहन्छु। म त्यहाँ रहनेछु। एसआईटी-को जाँच एउटा ठट्टा थियो। कसैले अरूपलाई सोधपुछको निम्ति बोलाएनन्। सबैलाई बोलाउनुहोस्, मलाई मात्र किन? म कोर्ट जानेछु अनि जाँचको माग गर्नेछु। मलाई कसैलाई बचाउन जेल पठाइयो। पुलिसले कठोरता देखाएको भए यस्तो हुने थिएन।

About Author

Advertisement