बीएफआई-लाई कारण बताउ नोटिस जारी गऱ्यो खेल मन्त्रालयले

IMG-20260512-WA0059

नयाँ दिल्ली: भारतीय खेल प्राधिकरण (साई) र खेल मन्त्रालयले भारतीय बक्सिंग महासंघ (बीएफआई)-को चयन प्रक्रिया र प्रशासनिक कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। खेल मन्त्रालयले बीएफआई-लाई कारण बताउ नोटिस जारी गर्दै एक हप्ताभित्र जवाफ मागेको छ। मन्त्रालयले बीएफआई-को चयन नीतिलाई अस्पष्ट र पारदर्शिता रहित बताएको छ। यो नोटिस यस्तो समयमा जारी भएको छ जब एक दिन अघि मात्र साई-ले पटियालामा आयोजित मूल्यांकन शिविरलाई रोक्ने निर्देश दिएको थियो। यो शिविर आउँदो कमनवेल्थ गेम्स र एशियन गेम्को निम्ति बक्सरहरूका चयनको उद्देश्यले आयोजित गरिनु थियो। मन्त्रालयले बताएअनुसार, राष्ट्रिय शिविरमा खेलाड़ीहरूलाई सामेल गर्नको निम्ति अपनाइएको `दोस्रो बाटो’ अर्थात् चीफ अफ आर्मी स्टाफ (सीओएएस) कपको मानदण्ड स्पष्ट छैन। यो टुर्नामेण्ट अप्रेलमा पुणे स्थित आर्मी स्पोर्टस इन्स्टीट्यूटमा आयोजित भएको थियो। यसमा सशस्त्र बलमा नहुने केही बक्सरहरूलाई हिस्सा लिनदेखि रोकिएको आरोप रहेको छ। सीओएएस कपका ४० पदक विजेताहरूलाई राष्ट्रिय क्याम्पमा मूल्यांकनको निम्ति बोलाइएको थियो, जसमा साई-ले आपत्ति जनाएको छ। साई-को भनाइअनुसार, बन्द टुर्नामेण्टका खेलाड़ीहरूलाई यस्ता कोचिंग प्यानलअन्तर्गत सामेल गरिँदै थियो, जो अनुभव र योग्यताको मानकहरूमा उत्तीर्ण थिएनन्। यसको साथमा खेल मन्त्रालयले उनीहरूले बारम्बार याद दिलाए पनि बीएफआई-ले अहिलेसम्म हाई परफर्मेन्स डायरेक्टर नियुक्त नगरेको पनि आरोप लगाएको छ। मन्त्रालयले गत वर्ष सबै राष्ट्रिय खेल महासंघहरू (एनएसएफ)-को निम्ति यस पद हेतु १० करोड़ रुपियाँ अलग राख्नु अनिवार्य गरेको थियो। नोटिसमा बीएफआई-ले कोच र सपोर्ट स्टाफको नियुक्तिको निम्ति बनाइएको चयन समितिमा साई-का महानिदेशक या उनका प्रतिनिधिलाई सामेल गरेन जबकि मन्त्रालयको नियमहरूअन्तर्गत यो अनिवार्य छ। यसबाहेक अन्तर्राष्ट्रिय प्रशिक्षण र प्रतियोगिताहरू सम्बन्धित प्रस्तावहरू तय समयसीमा भित्र जमा गरिएको छैन। नियमहरू अनुसार, प्रशिक्षण र प्रतियोगिताहरूको प्रस्ताव खेलाड़ीहरूका नाम बिना कम्तीमा ९० दिन अघि अनि खेलाड़ीहरूका नाम सहित ६० दिन अघि पठाउनु पर्छ। यसबाहेक साई-लाई मूल्यांकन शिविरको अवधि खेलहरूको नतीजा तुरन्त घोषित नगरिएको नालिश पनि प्राप्त भएको थियो। साई-का एकजना शीर्ष अधिकारीले भनेका छन्, यो निष्पक्ष खेल भावनाको विरुद्ध हो। मामिला अदालतसम्म पुगे साई-ले जवाफ दिनु पर्नेछ तर बीएफआई-ले पनि हाम्रो प्रश्नको जवाफ दिइरहेको छैन। अहिले खेल मन्त्रालयको नोटिसपछि बीएफआई-बाट प्रतिक्रियाको प्रतीक्षा गरिँदैछ।

About Author

Advertisement