गान्तोक: मंगन जिल्लाको खाद्य एवम नागरिक आपूर्ति विभागले लाचेनको निम्ति ११६ क्विन्टल खाद्य सामग्री पठाएको छ। सातवटा यूटिलिटी पिकअपमा खाद्य सामग्री मंगनको खाद्य भण्डारबाट पठाएको जनकारी गराएको छ। उल्लेखनीय छ, हाल लाचेनमा खाद्य सामग्रीको कुनै कमी नरहेको र चुङथाङ, लाचेन भएर मुन्सिथाङ जाने सडक मार्ग अस्थायीरूपमा खोलिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विशेष गरेर मुन्सीथाङ जाने सडक गत वर्षको ४ अक्टोबरको दिन आएको बाढीले ध्वस्त बनाएको थियो भने जसको कारण लाचेनसम्म पुग्न सक्ने अवस्था थिएन्।









