सिलगढी: माटिगारा थानाको पुलिस र एसओजीले सिलगढीको माटिगाराको ट्रान्सपोर्ट नगर क्षेत्रमा छापा मारेर लाखौं रुपियाँको अवैध पटेका बरामद गरेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा शनिबार दिउँसो उक्त क्षेत्रमा छापा मारेर प्रतिबन्धित उच्च पटेका बोकेको ट्रक नियन्त्रणमा लिएको थियो। घटनामा एकजना पक्राउ परेका छन्। प्रहरी स्रोतअनुसार उक्त ट्रकमा प्रतिबन्धित पटेका लगभग १५ कार्टुन थिए। ट्रक कोलकताबाट असम जाँदै थियो। बरामद पटेकाको बजार मूल्य करोडौं रहेको अनुमान गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।











