दार्जीलिङ: दार्जीलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले कुमुदिनी ब्याण्डलाई स्वागत जनाए।कालेबुङको कुमुदिनी होम्स स्कूलको ब्याण्डले आफ्नो छुटटै गरिमय बनाएर राखेको छ। कुमुदिनी ब्याण्डले दार्जीलिङ पहाडमा मात्र होइन विदेश पनि आफ्नो छाप छोडेर आएको छ। गत केही महिना अधि स्वीजरल्याण्डमा आयोजित एक कार्यक्रममा कुमुदिनी ब्याण्डले आफ्नो अदभूत प्रदर्शनले दर्शकहरूको मन जित्न सफल भएका थिए।

दार्जीलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले कुमुदिनी ब्याण्डलाई दार्जीलिङमा भब्य स्वागत जनाए।यस अवधि दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, एडवार्डस फाउण्डेशनको पक्षबाट अजय एडवार्डस लगायत अन्य नगरपार्षद, सभासदहरू आदि उपस्थित रहेका थिए।

कुमुदिनी ब्याण्डले दार्जीलिङको ग्रीनिरिज अनि दार्जीलिङको चैरस्तामा आफ्नो अदभूत पूर्ण प्रदर्शनी प्रस्तूत गऱ्यो।कुमुदिनी ब्याण्डको प्रस्तूत देखेर देश विदेशबाट दार्जीलिङ घूम्न आएका पयर्टकहरू खुशीले रमाए। कुमुदिनी ब्याण्डको सुन्दर प्रस्तूतीको सम्मान गर्दै दार्जीलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले सम्मान जनाए।










