सिलगढी: होम लोन दिने नाममा लाखौँ रुपियाँ ठग्ने एजेन्टलाई प्रधान नगर थाना पुलिसले अन्ततः ७ महिनापछि पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम गौरव दास बताइएको छ। स्मरण रहोस्, ब्याङ्क एजेन्ट गौरव दासले होम लोन दिलाउने नाममा १ लाख २८ हजार रुपियाँ लिएर होम लोन नदिएपछि इन्द्र बहादुर खतिवडा नाम गरेका एकजना व्यक्तिले गत वर्ष मई महिनामा प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले गौरव दासको खोजी शुरू गरे। यसको लगभग ७ महिनापछि हिजो प्रधान नगर थाना पुलिसले एजेन्ट गौरव दासलाई पक्राउ गरेको छ। पुलिसले गौरव दासविरुद्ध धोखाधडीको मामला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएको छ।









