कानसास सिटी: अर्जेण्टिनाले अतिरिक्त समयसम्म चलेको म्याचमा रोमाञ्चक जीत हासिल गरी फिफा वर्ल्ड कप २०२६-को सेमिफाइनलमा स्थान पक्का गऱ्यो। आइतवार बिहान खेलिएको म्याचमा वर्तमान विजेता अर्जेण्टिनाले १० जना खेला़डीमा सीमित स्विट्जरल्याण्डलाई ३-१-ले पराजित गऱ्यो। सेण्टर फरवर्ड ब्रील एम्बोलोले ७२औं मिनटमा रेड कार्ड देखेपछि स्विट्जरल्याण्डले रहल समयमा १० जना खेलाड़ीको साथ लड़ाइँ गर्नु पऱ्यो। कानसास सिटी स्टेडियममा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने लियोनल स्कालोनीको टीमले लगातार तेस्रोपल्ट म्याच जित्न कठोर मेहनत गर्नु पऱ्यो। अर्जेण्टिनालाई यसअघि केप भर्डे र इजिप्टले पनि तिरीखिरी पारेको थियो। म्याचमा अर्जेण्टिनाको शुरुवात असल रह्यो। एलेक्सिस म्याक एलिस्टरले १०औं मिनटमा गोल गरी अर्जेण्टिनालाई बढ़त दिलाए। उनले लियोनल मेस्सीको कर्नर किकमा हेडरद्वारा गोल गरे। अर्जेण्टिनाले यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। दोस्रो हाफको खेलमा चाहिँ स्विट्जरल्याण्डले असाधारण पुनरागमन गऱ्यो। म्याचको ६७औं मिनटमा डान एण्डोयेले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। उनले रिकार्डो रोड्रिगको एसिस्टमा गोल गरे। त्यसपछि म्याचको ७२औं मिनटमा स्विट्जरल्याण्ड संकटमा पऱ्यो। मैदानमा सिमुलेशनको अपराधमा रेफरीले ब्रील एम्बोलोलाई म्याचको दोस्रो यल्लो कार्डको साथमा रेड कार्ड देखाउँदा स्विट्जरल्याण्डको टीम १० जना खेलाड़ीमा सीमित भयो। एकजना खेलाड़ी गुमाएपछि स्विट्जरल्याण्डले रक्षात्मक रणनीति अप्नाउँँदै लड़ाइँ शुरु गऱ्यो। टोलीलाई यस रणनीतिले फाइदा पनि भयो अनि निर्धारित ९० मिनटको खेलमा थप गोल हुन सकेन। यसरी म्याच अतिरिक्त समयसम्म पुग्यो। स्विट्जरल्याण्डले सक्दो प्रयास गरे पनि अन्तमा अर्जेण्टिना गोल हासिल गर्न सफल भयो। स्टार फरवर्ड जूलियन अल्भारेजले ११२औं मिनटमा बक्स बाहिरबाट दर्शनीय गोल गरी अर्जेण्टिनालाई २-१-को बढ़त दिलाए। त्यसपछि म्याचको अन्तिम क्षणमा स्थानापन्न खेलाड़ी लौटारो मार्टिनेजले अझ एक गोल गरी अर्जेण्टिनाको जीत सुनिश्चित गरे। यस जीतको साथ अर्जेण्टिना छैटौंपल्ट वर्ल्ड कपको सेमिफाइनलमा पुग्यो। अब सेमिफाइनलमा अर्जेण्टिनाको भिड़न्त ईंग्ल्याण्डसँग हुनेछ।








