लगानी भित्र्याउन तयार हुँदै अवधारणा

IMG-20240831-WA0014

भद्रपुर: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि लगानी दशकका लागि अवधारणापत्रलाई अन्तिम रूप दिइरहेको छ। कृषि मन्त्रालयले चालु आर्थिक वर्षदेखि कृषि लगानी दशक सुरु गरेको छ। कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले कृषि लगानी दशक यो चालु आवदेखि नै सुरु भइसकेको बताए। त्यसका लागि अवधारणापत्र तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । कृषि मन्त्रालयका सचिव डा. दीपक खरालको नेतृत्वमा एउटा समिति बनेको छ, त्यो समितिले अवधारणापत्र तयार गरिरहेको केही दिनमै त्यसलाई सार्वजनिक गर्ने गरी काम अगाडि बढेको प्रवक्ता केसीले बताए।
नेपालका लागि कृषि मूल क्षेत्र, आर्थिक समृद्धिका लागि कृषिलाई मुख्य आधार मानेको छ तर त्यसका लागि लगानी नै पुगेको छैन। स्रोतका अनुसार कृषिमा विकास गर्नका लागि अझै लगानी आवश्यक छ भन्दै सरकारले लगानी जुटाउनका लागि लगानी दशक नै सुरुवात गरेको छ। अवधारणापत्र सार्वजनिक भइसकेपछि सो अनुसार ‘फ्रेमवर्क’ तयार गर्ने प्रवक्ता केसीले बताए।
अवधारणापत्र तयार भइसकेपछि सात वटै प्रदेशमा त्यसमाथि छलफल गराउने, त्यसपछि विभिन्न सरोकारवालासँग छलफल गरी लगानीका स्रोतहरू पहिचान गरी ‘फ्रेमवर्क’ तयार गर्ने उनले बताए। कृषिमा लगानी ल्याउनका लागि सरकारी तथा निजी क्षेत्र, वैदेशिक सहायता नियोग, विभिन्न डेभलप्मेन्ट पार्टनरलगायतसँग छलफल गर्ने बताउँदै उनिहरूलाई सरकारको अवधारणाबारेमा जानकारी गराउँदै आवश्यकता रहेको क्षेत्रमा लगानीका लागि पहल गर्ने बताए। त्यसमा लगानी सम्मेलनदेखि लिएर कर सुधारका कुराहरू पनि छन्, उनले भने, “एक दशकभित्र कृषिमा लगानी कसरी भित्र्याउन सकिन्छ, त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बहस र पैरवी गर्छौं।”

About Author

Advertisement