रुद्राक्षबाट मनग्गे आम्दानी

IMG-20240831-WA0065

भद्रपुर: सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१६ बस्ने सुमिता डङ्गोलले रुद्राक्षको दानाबाट सामान बनाएर मनग्गे आम्दानी गर्दै आएकी छिन्। सुरुवाती समयमा धरान, विराटनगर, जनकपुर, काठमाडौंलगायत नेपालका विभिन्न ठाउँमा मेला पर्वमा रुद्राक्षको दानाबाट बनाएका सामग्री, फूल राख्ने ढाकी, डालो, घैलालगायत बनाएर बिक्री गर्न लैजाने गरेको उनले बताउछिन्। महिनामा ३० हजारदेखि ५० हजार रुपियाँसम्म हुने सरकारी कर्मचारीसरहको तलब एक्लैले गर्दा पनि हुने भएकाले एक वर्षदेखि आफैँ बनाउँदै बेच्दै गरेको उनिले बताइन्।
रुद्राक्षको दाना र मसिनो फलामको तार भए हुने भएकाले आफूलाई काम गर्न पनि सहज हुने, अरूको दबाब पनि नहुने, आफ्नो खुसीले काम गर्न पाइने भएकाले यसमा आफूखुसी भएको उनले बताइन्। यसै गरी धरान–१४ स्थित पिण्डेश्वर बाबाधामअगाडि सुमिता डङ्गोलबाटै सिप सिकेर रुद्राक्षको दानाको झोला, ढाकी, डालो, शिवलिङ्ग, नाग (सर्प) लगायत विभिन्न किसिमका सामग्री बनाएर धरानबाहिर पठाउने गरेको सन्तोष लामिछानेले बताए।
हाल यस मालाको ५० रुपियाँदेखि अन्य सामग्रीको दुई हजार रुपियाँसम्म मूल्य रहेकाले आफ्नो जीविकोपार्जन भइरहेको उनले बताउछन्। यस्ता सामानका लागि हाल काठमांडू , पोखराबाट अर्डर आउने गरेको लामिछाने बताउछन्। उनले मेला, पर्व, शनिबार, सोमबारको दिनमा १५ हजारदेखि ३० हजार रुपियाँसम्म कमाइ हुने बताए।
उनले रुद्राक्षको दानाका लागि बगैँचा नै किन्ने गरेका छन्। यसरी बगैँचामै पैसा लगानी गर्दा सस्तो पर्ने भएकाले दुईदेखि चार लाख रुपियाँसम्मको दानाको अर्डर गर्ने गरेको उनि बताउछन्। रुद्राक्षको रुख र फल दुवैलाई नेपाली, संस्कृत र हिन्दी भाषामा रुद्राक्ष नै भनिन्छ। नेपालको पूर्वी भाग खास गरी अरुण भ्याली क्षेत्रमा दाना पनि भनिन्छ। रुद्राक्षको बोटानिकल नाम इलाइयोकार्पस् जेनिटर्स रोक्स्ब हो भने अङ्ग्रेजी नाम अट्राजुम विड ट्री हो। रुद्राक्ष एकै बोटमा एक पटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दाना फल्दछन्। विभिन्न पौराणिक पुस्तकमा एकदेखि १४ मुखेसम्मका रुद्राक्ष पाइन्छ भनिए पनि नेपालमा हालसम्म ३८ मुखसम्मको रुद्राक्ष पाइएको बताइन्छ।

About Author

Advertisement