रोहिणीदेखि नयाँ कमानसम्मको रोड सर सफाई

IMG-20230717-WA0420.jpg

खरसाङ: रोहिणीदेखि नयाँ कमानसम्म आउने रोडको सर सफाई स्थानीय युवाहरूले मिलेर गरेका छन्। रोहिणीदेखि नयाँ कमान आउने रोडको सर सफाई साथै यो वर्खाको समय नाला झोड़ाहरू ब्लक हुन्छ भनेर नाला झोड़ाहरू सबै सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। उक्त सर सफाई कार्यमा नयाँ कमानको सामाजिक कार्यकर्ता अजित बल र रे अफ् होपको संयोजक अनिल थापाले पनि सहयोग गरेका थिए।

उक्त रोड र नाला झोड़ाहरू सर सफाई कार्यमा गाउँवासीहरूले सक्रिय रूपमा सहभागिता जनाएका छन्। यो रोड र नाला झोड़ाहरू सर सफाई कार्य अब लगातार रूपमा गरिने भएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement