खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीको मानेकुप क्षेत्रमा पानीको परियोजनाको शिलान्यास गरिएको छ। पीएचई विभागबाट ७८ लाख रुपियाँको लागत खर्चमा रोहिणीको मानेकुप क्षेत्रमा रहेको लगभग ८०-९० घरहरूलाई पिउने पानी उपलब्ध गराउन उक्त पानीको परियोजनाको शिलान्यास गरिएको छ। हरेक घर पिउने पानीको व्यवस्था गर्ने उद्देश्यले रोहिणीको मानेकुपमा रहेका ८०-९० घरहरूमा पानीको समस्या समाधान गर्दै जीटीएले पिउने पानीको कार्य गर्नलाई शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यमा पीएचई विभागको अधिकारीहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, सचिव एंव मनोनित सभासद प्रमाण रसाईली, महकुमा समितिको सांगठनिक सचिव गुञ्जन शर्मा, महकुमा प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, सदस्य पुरण मुखिया, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सचिव ललित प्रधानले जानकारी गराउँदै खरसाङ महकुमा अन्तर्गत रोहिणीको मानेकुप क्षेत्रमा पिउने पानीको व्यवस्था गर्नलाई आज पीएचई विभागको अधिकारीहरू र भागोप्रमोका पदाधिकारीहरूका उपस्थितिमा ७८ लाख बराबरको लागत खर्चमा पेय जल परियोजनाको शिलान्यास गरिएको जानकारी गराएका छन्। उनले आज रोहिणीको मानेकुप क्षेत्रमा रहेको प्रत्येक घरमा पानीको व्यवस्था गर्नलाई पानीको पाइपहरू र ट्यांकीहरू पनि बनाउन कार्य गरिने जानकारी गराएका छन्। उनले यसरी यस क्षेत्रका जनतालाई पिउने पानीको समस्या समाधान गरिदिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको तर्फबाट साथै क्षेत्रवासीको पक्षबाट आभार प्रकट गरेका छन्।










