रेलको धक्काले वृद्धाको मृत्यु

death


कालचिनी – रेलको धक्काले बुधबार बिहान हाँसीमारा खालपाड़ा निवासी एकजना वृद्धाको मृत्यु भएको घटना प्रकासमा आएको छ। स्थानीय सुत्रबाट थाहा लागेअनुसार खालपाड़ा निवासी वसीरुद्दीन मीयाँ (६५) घाँस बोकेर रेलवे लाईन पार गर्ने बेला रेलको धक्का लाग्दा गम्भीर घाइते बनेको थियो भने स्थानीय बासिन्दाहरूले उद्धार गरेर प्रथमत नजीकै रहेको हाँसीमारा वायुसेना अस्पतालमा लगेको थियो त्यहाँबाट फेरि कोचबिहार रेफर गर्दा चिकित्सकहरूले मृत घोषणा गरेको थियो।

About Author

Advertisement