चामलिङले सिक्किमलाई अशान्ति बनाउने प्रयास गर्दैछन्: मुख्यमन्त्री तामाङ

IMG-20221130-WA0348.jpg

गान्तोक: पच्चीस वर्षसम्म मुख्यमन्त्रीको पदमा रहेर सिक्किमलाई चुर्लुम्म ऋणमा डुबाएका पवन चामलिङले अहिले सिक्किम बचाउँछु भन्दै गाउँमा हिँडनु हाँस्यस्पद रहेको मुख्यमन्त्री प्रेम सिंह तामाङले बताए। आज उनले राजधानीस्थित मनन केन्द्रमा सिक्किम राज्य ब्याङ्कको विभिन्न शाखाहरूको उदघाटन गर्ने क्रममा उक्त मन्तव्य प्रकट गरेका हुन्। एसडीएफ पार्टी अध्यक्ष चामलिङले सिक्किम बचाउँछु भन्नु बिरालोले मुसाको सुरक्षा गर्छु भन्नु बराबर हो भन्दै मुख्यमन्त्री तामाङले व्याङ्ग प्रहार गरे। चामलिङले सिक्किम बचाउने अभियान शुरू गर्नु केवल एक नाटक मात्र रहेको उनले किटान गरे। चामलिङले सिक्किमलाई आर्थिक डाँवाडोल पारेर छोडेको हुनाले अहिले वर्तमान सरकारले त्यसको ऋण चुकाउन परिरहेको ठोकुवा गरे। सिक्किम पहिलाको सरकारले बिगारे र वर्तमान सरकारले बनाउने कार्यमा लागिरहेको छ। यदि यसबारेमा डिबेट गर्न चाहेमा आफू सदैव तयार रहेको पनि उनले आफ्नो सम्बोधनमा उल्लेख गरे। हाल चामलिङले वाह्यशक्तिको आडमा शान्ति सिक्किमलाई अशान्ति बनाउन खोजिरहेको बताए। हिजो मात्र चामलिङको सिक्किम बचाउ अभियान अन्तर्गत चार जना बाहिरका मानिस रङ्गेली पुलिसले पक्राउ गरेको बताए। यसरी बाहिरको शक्तिको प्रयोग गरेर शान्ति सिक्किमलाई अशान्त बनाउन साथै सरकारको बदनाम नगर्ने पनि सुझाउ दिए। यदि युवाहरूको आवश्यक परेमा एसकेएम पार्टीका युवाहरू दिइने घोषणा गरे। राज्य बाहिरबाट ल्याएका युवाहरूलाई प्रतिदिन २० हजारको दरले चामलिङले दिने गरेको उनले खुलासा गरे। पक्रा पर्ने बाहिराका युवाहरूमा जलपाइगढी जिल्लास्थित शान्तिनगर डाबग्राम निवासी बबलु दास, सिलगढी हैदरपाढा निवासी अविजित शाह, सिलगडी बाघजतिन निवासी) कृष्ण राय र चम्पासरी निवासी देव ज्योति सामेल रहेका छन्। पुलिसले यी आरोपीहरूविरूदध आइपीसीको धारा १२०बी/३४, १८६० हतियार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको उनले अवगत गराए। उल्लेखनीय छ, यस भन्दा अघि पनि सिक्किम विधानको सत्र चलिरहँदा राज्य बाहिरका ६ जना युवाहरूलाई पुलिसले नामनामको एक होटलबाट पक्राउ गरेको मुख्यमन्त्रीले उल्लेख गरे। सोही क्रममा उनले सिक्किम पावर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेड र एटीपीआइएलबीचमा भएको भ्रष्टचारबारे भिजिलेन्सले सबै प्रमाण पत्र फेला पारेको हुनाले अबको केही दिनपछि यस घटनमा संल्गन आरोपीहरू पक्राउ पर्ने पनि उनले थप जानकारी गराएका छन्।

About Author

Advertisement