रुसको ओजोन कम्पनीका लजिस्टिक हबमा युक्रेनी ड्रोन आक्रमण

2378446a-b9ce-4861-9912-2a844cc2454e

मस्को: युक्रेनले रुसको दोस्रो ठूलो अनलाइन खुद्रा विक्रेता ‘ओजोन’का डागस्टानस्थित चारवटा लजिस्टिक हबमा ड्रोन आक्रमण गरेको जनाइएको छ। माखाच्कला क्षेत्रमा रहेका ती केन्द्रमा भएको आक्रमणको दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडिओमा देखिएको छ। भिडिओमा लजिस्टिक केन्द्रहरूमा आगो लागेको तथा बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिन्छ। आक्रमणका क्रममा केही व्यक्ति घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। घटनापछि प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको जनाइएको छ। आक्रमणबाट ओजोनका गोदाम तथा सामान ढुवानीसम्बन्धी संरचनामा क्षति पुगेको हुनसक्ने बताइएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण र आक्रमणको जिम्मेवारीबारे सम्बन्धित पक्षबाट थप आधिकारिक जानकारी आउन बाँकी छ।

About Author

Advertisement