गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइले आफ्नो संगठन विस्तारलाई तीव्र पार्दै नयाँ सदस्यहरूलाई पार्टीमा भित्र्याएको छ। यसै क्रममा रुमटेक र तादोङ निर्वाचन क्षेत्रका तीन प्रमुख व्यक्तित्वहरू आज औपचारिक रूपमा भाजपामा सामेल भएका छन्।
पार्टीमा प्रवेश गर्नेहरूमा रुमटेक अन्तर्गत अपर साजोङ निवासी सुश्री सशी बार्देवा, तथा तादोङ ६ माइल निवासी सुश्री रीना खाती र सुश्री जुदा दास रहेका छन्।
भाजपा सिक्किम प्रदेश अध्यक्ष श्री डी.आर. थापा तथा अन्य वरिष्ठ पार्टी नेताहरूले नयाँ सदस्यहरूलाई खदा लगाई पार्टीमा हार्दिक स्वागत गरे।
नयाँ सदस्यहरूलाई मार्गनिर्देशन गर्दै प्रदेश अध्यक्ष थापाले पार्टीको विचारधारा, संगठनात्मक कार्यक्रम र प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा अघि बढेको ‘विकसित भारत’ तथा ‘विकसित सिक्किम’ को परिकल्पनाबारे विस्तृत जानकारी गराए। उनले नयाँ सदस्यहरूलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र जनताको कल्याण एवं विकासका लागि समर्पित भएर काम गर्न प्रोत्साहित समेत गरे।









