रियल म्याड्रिडको निराशाजनक हारमा जूड बेलिंघमलाई रातो कार्ड

IMG-20261129-WA0055

म्याड्रिड: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा आफ्नो घरेलु मैदानमा निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसरी एट्लेटिको म्याड्रिडले आफ्नो म्याच जितेर दोस्रो स्थान हासिल गऱ्यो। रियल म्याड्रिडले निराशाजनक प्रदर्शनको साथ डिपोर्टिभो अलावेसविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। घरेलु मैदान सेण्टियागो बर्नब्यूमा ७७ प्रतिशत बल पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले आशानुरुप प्रदर्शन गर्न सकेन। टोलीले पूरा म्याचमा लगातार आक्रमण गरे पनि केवल १ गोल हासिल गर्न सक्यो। टोनी मार्टिनेजले २२औं मिनटमा अलावेसलाई बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। दोस्रो हाफको खेलमा अलावेसले आफ्नो बढ़तलाई दोब्बर पाऱ्यो। एञ्जेल पेरेजले ६१औं मिनटमा टोलीलाई दोस्रो गोल दिलाए। चरम दबाउबीच कीलियन एम्बाप्पेले ६९औं मिनटमा गोल गरी रियल म्याड्रिडको सम्भावनाहरूलाई जीवित राखे। म्याचको अन्तिम समयमा लगातार आक्रमण गरिरहेको घरेलु टोलीलाई ठूलो झट्का लाग्यो। अलावेसका खेलाड़ीले जूड बेलिंघमलाई बक्सभित्र लड़ाउँदा रेफरीले रियल म्याड्रिडलाई पेनल्टी प्रदान गरे। त्यसपछि भीएआर जाँचमा बेलिंघम पेनल्टीको निम्ति आफै लड़ेको पत्तो लाग्यो। त्यसपछि रेफरीले पेनल्टीबाट रद्द गर्नको साथै बेलिंघमलाई ८८औं मिनटमा म्याचको दोस्रो पहेंलो कार्डको साथमा रातो कार्ड देखाए। अलावेसविरुद्ध घरेलु मैदानमा हारले रियल म्याड्रिडको शीर्ष स्थान हासिल गर्ने सम्भावनाहरूलाई ठूलो झट्का लाग्यो। जोसे मुरिन्होको टोली १४ वटा म्याचमा ३३ अंकको साथ ला लीगा अंक तालिकामा झरेर तेस्रो स्थानमा रहन पुग्यो। आठौं स्थानमा रहने अलावेससँग १९ अंक रहेको छ। यसबीच एट्लेटिको म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै एल्चेलाई ३-२-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५० प्रतिशत बल पोजेशनको साथ खेल्ने एट्लेटिकोले सबै गोल मध्यान्तर अघि हासिल गऱ्यो। अलेहान्द्रो ग्रिमाल्डोले पाँचौं, ली कांग-इनले सातौं र जूलियन अल्वारेजले ४१औं मिनटमा गोल गरे। यसरी एल्चेबाट मार्टिम नेतोले २६औं र बुबा सांगारेले ४८औं मिनटमा गोल गरे। यस जीतको साथ एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गऱ्यो। एट्लेटिकोसँग ३४ अंक रहेको छ। यसरी बार्सिलोना शीर्ष स्थानमा कायम छ। ला लीगाका अन्य म्याचहरूमा रेसिंग साण्टाण्डेरले लेवान्तेलाई ३-१-ले, एथलेटिक क्लबले मालागालाई ४-३-ले अनि रायो भाल्लेकानोले रियल बेटिसलाई १-०-ले पराजित गऱ्यो। रियल बेटिस २७ अंकको साथ चौथो स्थानमा रहेको छ।

About Author

Advertisement