आकाश दीपको स्थानमा सिराजको बद्ली प्रसिद्ध कृष्णालाई सामेल गरिने फसेलाको आलोचना

IMG-20261129-WA0058

क्राइस्टचर्च: न्यूजील्याण्डविरुद्ध जारी दोस्रो टेस्ट म्याचमा भारतीय टोलीलाई ठूलो झट्का लाग्यो। पहिलो ईनिंग्समा विध्वंशी बलिंग गरी ५ विकेट हासिल गर्ने पेस बलर आकाश दीप कन्कशन (शीरमा चोट)-ले गर्दा पूरा म्याचबाट बाहिर भएका छन्। उनको स्थानमा प्रसिद्ध कृष्णालाई `कन्कशन सब्स्टीट्यूड’-को रूपमा अन्तिम एकादशमा सामेल गरियो। टोली प्रबन्धनको यस फसेलाले एकपल्ट फेरि सीनियर पेस बलर मोहम्मद सिराजको भविष्य र टोलीमा उनको स्थानलाई लिएर गम्भीर प्रश्न उठेको छ। लगातार दोस्रो टेस्टमा बेञ्चमा बसेर समय बिताउने सिराजलाई चोटग्रस्त खेलाड़ीको विकल्पको रूपमा पनि चयन गरिएन। धेरैले प्रशिक्षक गौतम गम्भीरको यस फसेलाले सिराजको मनोबल ध्वस्त हुने आरोप लगाएका छन्। दोस्रो टेस्टमा भारतीय टोली ४ जना पेस बलरको साथ मैदानमा ओर्लिएको थियो, जसमा सिराजले मौका पाएनन्। टोलीमा एकमात्र फेरबदको रूपमा प्रसिद्ध कृष्णाको स्थानमा गुरनूर बराड़लाई मौका दिइएको थियो। त्यसपछि आकाश दीपलाई चोट लाग्दा सबैलाई सिराजले मौका पाउने सोचेका थिए तर टोली प्रबन्धनले फेरि एकपल्ट आफ्नो उदेगलाग्दो फसेलाको साथ सबैलाई चकित बनायो। यसअघि सिराजले टी२० सीरीजमा एउटा म्याच पनि खेल्ने मौका पाएका थिएनन्। यसरी वनडे सीरीजमा पनि उनलाई केवल एउटा म्याचमा खेलाइएको थियो। वास्तवमा म्याचको तेस्रो दिन ब्याटिंग गर्दा आकाश दीपलाई काइल जेमिसनको बलिंगमा २ पल्ट शीरमा चोट लागेको थियो। त्यस समय उनले हिम्मतको साथ ब्याटिंग जारी राखेका थिए। मेडिकल टीमले पछिबाट कन्कशनको लक्षण देखेपछि उनलाई म्याचबाट बाहिर गरेको थियो। सिराजलाई फेरि एकपल्ट खेल्ने मौका नदिँदा पूर्व क्रिकेटरदेखि लिएर कमेण्टेटरहरूले पनि निराशा व्यक्त गरेका छन्। मुरली कार्तिकले यस फसेलामाथि असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, प्रसिद्ध कृष्णालाई खराब प्रदर्शनले गर्दा टोलीबाट बाहिर गरिएको थियो भने कन्कशन सब्स्टीट्यूडको रूपमा सिराजले मौका पाउनु पर्ने थियो। विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को यस चक्रका सबैभन्दा सफल भारतीय बलरसँग यस्तो व्यवहारले उनको मनोबलमाथि असर पर्नेछ। कमेण्टेटर हर्षा भोगलेले सोशल मीडियामा लेखेका छन्, आकाश दीपको स्थानमा प्रसिद्ध मैदानमा आउनुले सिराजसँग निश्चित रूपले कुनै गम्भीर मामिला रहेको छ भन्ने स्पष्ट संकेत प्राप्त हुन्छ। उनलाई चयनको योग्य मानिएन अनि यो अचम्भको कुरा हो। यसरी रविचन्द्रन अश्विन, अजिंक्य रहाणे र अजय जडेजा जस्ता पूर्व क्रिकेटरहरूले पनि यस फसेलामाथि निराशा व्यक्त गरेका छन्। उल्लेखनीय छ, दोस्रो टेस्ट म्याचमा भारत अहिले पनि संकटमा रहेको छ। न्यूजील्याण्डले आइतवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेटमा १३३ रन बनायो। यसरी आयोजक टोलीसँग २४३ रनको महत्त्वपूर्ण बढ़त रहेको छ।

About Author

Advertisement