रिनल्यान्डको खजाना ट्रम्पको नजरमा, तेल–ग्यास र खनिजको बृहत् अन्वेषण गर्ने घोषणा

d169b0eb-118e-478c-b1e4-e29fa5765757

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिज स्रोतको बृहत् अन्वेषण चाँडै सुरु गरिने घोषणा गरेका छन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन्। यद्यपि, उनले अन्वेषण अभियानको समयसीमा, कार्ययोजना तथा कार्यान्वयनसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
आर्कटिक क्षेत्रको सुरक्षालाई लिएर अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच त्रिपक्षीय सम्झौता भएको करिब एक महिनापछि ट्रम्पको यस्तो घोषणा आएको हो। यसअघि ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने विषयमा ट्रम्पले पटक–पटक दिएका धम्कीका कारण उक्त क्षेत्रमा तनाव बढेको थियो।
रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण तथा प्राकृतिक स्रोतले सम्पन्न ग्रिनल्यान्ड लामो समयदेखि अमेरिकाको चासोको केन्द्रमा रहँदै आएको छ। यहाँ रहेका तेल, ग्यास तथा दुर्लभ खनिजका सम्भावित भण्डारलाई आर्थिक र सामरिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा प्रकाशित सन्देशमा ग्रिनल्यान्डमा तेल तथा खनिजको अन्वेषण चाँडै सुरु गरिने बताएका छन्। तर, अन्वेषण अभियान कुन क्षेत्रमा सञ्चालन गरिनेछ र यसमा कुन कम्पनी वा संस्थाको सहभागिता रहनेछ भन्नेबारे उनले स्पष्ट पारेका छैनन्।
ग्रिनल्यान्डप्रति अमेरिकाको बढ्दो चासोका बीच आएको यस घोषणाले आर्कटिक क्षेत्रका प्राकृतिक स्रोत, सुरक्षा र भूराजनीतिक महत्त्वबारे पुनः बहस चर्काउन सक्ने देखिएको छ। यद्यपि, अन्वेषण गर्ने घोषणालाई मात्रै ग्रिनल्यान्डमाथि अमेरिकी कब्जाको सुरुआतका रूपमा व्याख्या गर्नु उचित हुँदैन।

About Author

Advertisement