वेष्ट इण्डिजविरुद्ध २४ रनको हारपछि बलरहरूलाई जिम्मेवार बताए भारतीय कप्तान श्रेयसले

IMG-20261015-WA0054

हैदराबाद: वेष्ट इण्डिजविरुद्ध चौथो टी२० अन्तर्राष्ट्रिय म्याचमा २४ रनको हारपछि भारतीय कप्तान श्रेयस अय्यरले बलरहरूमाथि रिस पोखाए। उनले खराब लाइन र लेन्थमा बलिंगलाई हारको ठूलो कारण बताए। भारतीय कप्तानले बताएअनुसार, बलरहरूले आफ्नो योजनाहरूलाई सही तरिकाले लागू गर्न नसक्दा पूरा टोलीले परिणाम भोग्नु पऱ्यो। यसबीच उनले लक्ष्यलाई पीछा गर्दै ब्याटरहरूका आक्रामक मिजासको चाहिँ समर्थन गरे अनि २५० रनको लक्ष्यलाई हासिल गर्न एउटा खास रणनीतिको साथ अघि बढ़नु पर्ने बताए। बुधवार हैदराबादको राजीव गान्धी इण्टरनेशनल स्टेडियममा खेलिएको म्याचमा वेष्ट इण्डिजले कप्तान शे होपको अविजित १०२ रनको सहायताले २० ओभरमा ३ विकेट गुमाएर २४७ रन बनायो। त्यसपछि सञ्जु सेमसनले २५ बलमा ५६ रनको ईनिंग्सको साथमा तिलक वर्मा र नितिश कुमार रेड्डीको उपयोगी योगदानपछि पनि भारत २२३ रनमा अलआउट भयो। कीमो पलले ४१ रन खर्च गरी ५ विकेट लिएर वेष्ट इण्डिजलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यस जीतको साथ ५ वटा म्याचको सीरीज २-२-को बराबरीमा पुग्यो। म्याचपछि श्रेयसले भारतको हारको शुरुवात बलिंगबाट भएको बताए। उनको भनाइअनुसार, बलरहरूले सही लाइन र लेन्थमा बलिंग गर्न नसक्दा वेष्ट इण्डिजका ब्याटरहरूले ठूलो स्कोर बनाउने मौका पाए। श्रेयसले भने, यो सब बलिंगबाट शुरु भयो। हामीले आफ्नो लाइन र लेन्थलाई सही तरिकाले लागू गऱ्यौं जस्तो मलाई लाग्दैन। यसबाहेक दिनको अन्तमा २५० रनको लक्ष्यलाई पीछा गर्नु परे तपाईं एउटा खास रणनीतिको साथ अघि बढ़नु पर्छ। लक्ष्यलाई पीछा गर्दै ब्याटरहरूका मिजास मलाई मन पऱ्यो तर हाम्रा बलरहरूले आफ्नो योजनाहरूलाई सही तरिकाले लागू गर्न सकेनन्। हामी त्यहीँ पछाड़ियौं।
उल्लेखनीय छ, म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २४७ रनको विशाल स्कोर बनायो, जसमा कप्तान शे होपको ठूलो योगदान रह्यो। होपले ९ वटा छक्का र ४ वटा चौकाको सहायताले ५० बलमा अविजित १०२ रन बनाए। यो उनको जारी सीरीजमा दोस्रो शतक हो। यसबाहेक शेरफेन रदरफोर्डले पनि ४ वटा चौका र ३ वटा छक्काको सहायताले २९ बलमा अविजित ४९ रन बनाए। जवाफमा भारतलाई सञ्जु सेमसनले असाधारण शुरुवात दिलाए पनि मध्यक्रममा भारतले तेजीको साथ विकेट गुमायो। सेमसनले २३ बल खेलेर ६ वटा चौका र ४ वटा छक्काको सहायताले सर्वाधिक ५६ रन बनाए। उनले अभिषेक शर्मा (२९ रन)-सँग पहिलो विकेटको निम्ति २५ बलमा ६० रनको साझेदारी गरे। भारतले पछिबाट सेमसनको साथमा ईशान किशन, कप्तान श्रेयस अय्यर, अभिषेक र नमन धीरको विकेट लगातार गुमाउँदा स्कोर ५ विकेटमा १३० रन पुग्यो। ईशानले ६ र श्रेयसले १६ रन बनाए जबकि नमन धीरले खाता पनि खोलेनन्। त्यहाँबाट तिलक वर्मा र नितिश कुमार रेड्डीले लड़ाइँ जारी राखे अनि छैटौं विकेटको निम्ति ७० रनको साझेदारी गरी भारतलाई म्याचमा कायम राखे। म्याच रोमाञ्चक मोड़मा पुगिसकेको थियो तर १७औं ओभरको अन्तिम बलमा तिलक आउट भएपछि वेष्ट इण्डिजले म्याचलाई नियन्त्रणमा ल्याउने मौका पायो। तिलकले ३ वटा छक्का र २ वटा चौकाको सहायताले ४३ रन बनाए। यसरी रेड्डीले ४ वटा छक्का र एउटा चौकाको साथ २० बलमा ४१ रन बनाए। लगातार विकेटको पतनले गर्दा अन्तमा भारत १९.३ ओभरमा २२३ रन बनाएर अलआउट भयो। सीरीजको पाँचौं तथा निर्णायक टी२० म्याच शनिवार खेलिनेछ।

About Author

Advertisement