राष्ट्रिय शीतकालिन कराते शिविरमा गोरुबथान डोजोको उत्कृष्ट प्रस्तुती।

IMG-20240104-WA0250.jpg

गोरुबथान: राष्ट्रिय शीतकालीन कराते शिविर २७ डिसम्बरदेखि ३० डिसेम्बर २०२३सम्म झारखण्डमा आयोजना भएको थियो।यस शिविरमा भारतका धेरै राज्यबाट खेलाडीहरुले भाग लिएका थिए।एसआईएस प्रशिक्षण केन्द्र (गढवा झारखण्ड) मा आयोजना भएको यस शिविरमा दादी बुलसारा कराते आशियारा केइकान गोरुबथान खण्डका कराते प्रशिक्षणार्थीहरुले पनि भाग लिएका थिए।यस चारदिवसीय शिविरमा कमाण्डो तालिम, कराते ग्रेडिङको परीक्षा पनि भएको थियो।गोरुबथान डोजो कराते प्रशिक्षार्थीहरुले भाग लिएर प्राप्त गरेको उपलब्धिहरुम क्रमैले:
(१) लतिका खालिङ ब्ल्याक बेल्ट (शोदन),
(२)करुणा राईले समग्र बालिकामा प्रथम स्थान हासिल गरिन्
वर्ग १ मा प्रणिसा राई तेस्रो स्थान र
ब्वाइजमा तुषार भोमिकले पनि तेस्रो स्थान हासिल गरे।यसरी नै बिजय थापा ,प्रिस्टेन लामा र आकृति मंगरले नि स्वर्ण पदक प्राप्त गरेको जानकारी प्रशिक्षक सचिन राईले दिएका छन्।
यस राष्ट्रिय शीतकालिन कराते शिविरमा सहभागी बनेका समूहहरुमध्येमा गोरुबथान डोजो समूहले पहिलो स्थान जित्न सफल बनेको छ।दादी बुलसारा कराते आशियारा केइकान करातेमा विश्वकै पहिलो पटक इतिहासमा गोरुबथान डोजोका प्रशिक्षार्थी करुणा राई र प्रणिसा राईले ग्रेडिङमा दोहोरो बढोत्तरी पाउन सफल बनेका छन्।

About Author

Advertisement