मुख्यमन्त्रीको अगुवाईमा गएको टोलीकाे केन्द्रिय गृहमन्त्रीसॅंग भेट

n57137213817043919771196e25182fb195740f97cbb894c11887f33804374c0cbe6cd8efa9567cc34caf48.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्रीहरू कुङ्गा निमा लेप्चा, सोनाम लामा, बीएस पन्त, मिङ्मा नोर्बु शेर्पा र भीमहाङ लिम्बूले आज केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेट गरे। उक्त भेट दिल्लीस्थित नर्थ ब्लकमा भएको हो। मुख्यमन्त्री प्रेमसिंह तामाङले छाडेका १२ समुदायहरूलाई जनजातिको स्थिति, राज्य विधान सभामा लिम्बू-तामाङ समुदायका लागि सीट आरक्षण र कर्मापाउगेन थिन्ले दोर्जेको सिक्किम भ्रमणको सन्दर्भमा सिक्किमको मुद्दाहरूबारे अवगत गराए।

मुख्यमन्त्रीले भारत सरकारसँग लामो समयदेखि विचाराधीन यी समस्याहरूको छिटो समाधान गर्न आग्रह गरे। केन्द्रीय गृहमन्त्रीले धैर्यपूर्वक सुनेपछि सिक्किमका यी मुद्दाहरूलाई अनुकूल रूपमा विचार गरिने आश्वासन दिएका छन्।

About Author

Advertisement