राष्ट्रव्यापी सदस्यता अभियानलाई लिएर प्रदेश भाजपा गम्भीर

IMG-20240821-WA0265

गान्तोक: सिक्किम प्रदेश भाजपाले पनि पहिलो सेप्टेम्बरदेखि शुरु हुने पार्टीको राष्ट्रव्यापी सदस्यता अभियानको दिशामा महत्त्वपूर्ण कदम उठाएको छ। पार्टीको यस वृहत अभियानलाई तीब्रता दिँदै सफल पार्न आज सिङतामस्थित पार्टी मुख्यालयमा राज्यस्तरीय कार्यशाला सम्पन्न गऱ्यो। कार्यशालाको नृत्व उत्तराखण्डका राज्यसभा सांसद तथा राष्ट्रिय सहकोषाध्यक्ष नरेश बन्सलले गरेका थिए। जसमा प्रदेश भाजपा अध्यक्ष डीआर थापा, महासचिव, राज्य, जिल्ला र मण्डल कार्यकारी पदाधिकारीहरुको सहभागिता रहेको थियो। बन्सलले राष्ट्रव्यापी सदस्यता अभियानबारेमा पार्टीको कार्यनीतिबारे प्रष्ट पारे। उऩले पार्टी कार्यकारीहरूलाई यस अभियानलाई रफ्तार दिन लगनशील भएर काम गर्ने आग्रह गरे। भाजपाका सिक्किम प्रदेश अध्यक्ष थापाले कार्यकर्ताहरुलाई राज्यभरि सदस्यता अभियानमा संलग्न हुन आह्वान गर्दै पार्टीलाई सुदृढ बनाउन प्रत्येकको भूमिका महत्वपूर्ण हुने बताए। कार्यशालामा भाजपा पाक्योङ जिल्ला अध्यक्ष प्रेम छेत्रीको टोलीलाई हर घर तिरंगा अभियानमा विशेष योगदानका लागि प्रशंसा पत्रसहित सम्मानित गरेको थियो।

About Author

Advertisement