मिरिकको चियाबारी क्षेत्रका ६३ कृषकहरुलाई जीटीए बागवानी विभागले पोलिहाउस वितरण गर्ने

photocollage_2024821201120743

मिरिक: कोलकाता पुगेका बागवानी विभागका सभासद प्रणाम रसाईलीले आज पश्चिम बंगालको बागवानी विभागका मन्त्री अरुप रोय, फुड प्रोसेसिङ इन्डस्ट्रि अनि बागवानी विभागका डाइरेक्टर साथै नोडल अधिकारीसँग भेट गरे। भेट गरेपछि एउटा भिडियो जारी गरी उनले पहिलो चरणमा आगामी २८ अगस्त २०२४ देखि मिरिक चियाबारी क्षेत्रका ६३ जना उपभोक्तालाई पहिलोपल्ट पोलिहाउस वितरण हुने जानकारी दिएका छन्। दोस्रो चरणमा अन्य चियाबारीमा पनि यो योजना कार्यान्वयन हुनेछ। चियाबारी क्षेत्रका कृषकहरूले पनि बागवानी विभागको तर्फबाट सहयोग पाउनुपर्छ भन्ने सोच राखेर विभागले २०२२ मा जीटीए सभामा प्रस्ताव पारित गरेको थियो। त्यसै प्रस्ताव अनुरूप जीटीएले राज्यका सम्बन्धित विभागसँग पहल शुरु गरेको थियो। गत १८ दिसम्बर २०२३ मा सरकारी अधिसूचना निस्क्यो जसको आधारमा चियाबारी क्षेत्रका कृषकहरुलाई बागवानी विभागले सहयोग गर्नु सक्नेछन्। अधिसूचनाको आधारमा विभागले २१३ जना कृषकहरुको सूची तयार गरेको थियो। कतिपय दस्तावेज अनि अनुमतिको कारण पहल रोकिएको थियो। सभासद प्रणाम रसाईलीले जानकारी दिए अनुसार अक्टोबर महिनामा राज्यका बागवानी विभागका अधिकारीहरुले जीटीए क्षेत्रको भ्रमण गर्नेछन्। हात्तीको उपद्रव रोक्नेमाथि पनि भविष्यमा कार्य हुनेछ।

About Author

Advertisement