राष्ट्रपति मुर्मुले मध्यप्रदेशको इन्दोरमा सूरीनामका राष्ट्रपतिसँग भेट

Untitled-1-copy-21

इन्दौरः राष्ट्रपति द्रौपदी मुर्मुले मंगलवार मध्यप्रदेशको इन्दोरमा सूरीनामका राष्ट्रपति चन्द्रिका प्रसाद संतोखीसँग भेट गरिन् दुवै नेताहरूले द्विपक्षीय सम्बन्धहरूलाई अझ बलियो बनाउन व्यापार, उर्जा प्रौद्योगिकी र संस्कृतिमा सहयोगलाई अगाडि बढाउने तरिकाहरूमाथि चर्चा गरे। राष्ट्रपति संतोखी र उनका शिष्ट्रमण्डलको स्वागत गर्दै राष्ट्रपति मुर्मुले १७ओं प्रवासी भारतीय दिवस सम्मेलनमा उनीहरूको सहभागिता देखेर खुशी लागेको बताइन् ।

भारतीय समुदायले भारत छाड़ेको १५० वर्षपछि पनि आफ्नो सांस्कृतिक पहिचान कायम राखेको कुराप्रति उनले प्रशन्नता व्यक्त गरिन् । सूरीनामले यो साल जून महिनामा भारतीयहरूको आगमनको १५० औं वर्षगाँठ मनाइरहेकोमा खुशी व्यक्त गर्दै राष्ट्रपतिले समारोहको सफलताको कामना गरिन् उनले यति ठूलो भौगोलिक दूरत्व भए तापनि सूरीनाममा व्यापक रूपमा हिन्दी भाषाको प्रयोगप्रति पनि खुशी व्यक्त गरिन्रा। राष्ट्रपतिले भनिन्, भारत र सूरीनामबीच सहयोग राम्ररी अगाडि बढिरहेको छ। नियमित उच्च स्तरीय यात्राहरूले हाम्रो बढ्दो सम्बन्धहरूलाई गति प्रदान गरिरहेका छन् । उनले तकनीकी सहयोग बढाउन र सूरीनाममा क्षमता निर्माण र कोशल विकासमा योगदानको निम्ति भारतको प्रतिबद्धता दोहोऱ्याइन् ।

About Author

Advertisement