जिल्लापाल तथा समन्वय समितिका चेयरमेन भीम ठटालको अध्यक्षतामा समन्वय बैठक

Untitled-1-copy-20

सोरेङः सोरेङका जिल्लापाल तथा समन्वय समितिका चेयरमेन भीम ठटालको अध्यक्षतामा आज आकांक्षी जिल्ला एवं उपलब्धि लक्षित वित्तीय समावेशी हस्तक्षेप कार्यक्रममाथि समन्वय बैठक सम्पन्न भयो। जिल्लापाल कार्यालयमा आयोजित बैठकमा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू, जिल्लाका सबै ब्याक र बीडीओका प्रतिनिधिहरू उपस्थित थिए। जिल्लापाल ठटालले सबै ब्याङ र बीडीओहरूलाई आ-आफ्नो क्षेत्रमा अभिसंस्करण कार्यक्रम आयोजन गर्न लगाए। उनले ब्याङ्करहरू आफ्नो ग्राहकहरूसँग मात्र होइन, तर सबै मानिसहरू अनुकूल हुनुपर्छ भनी बताए। यसै गरी, उनले ब्याङ्कहरूलाई आफ्ना सबै एटीएमहरूको सेवा सुनिश्चित गर्न निर्देश दिए। नोडल ब्याङ्क र बीडीओहरूले महाविद्यालय र विद्यालयहरूको भ्रमण गरेर धेरैभन्दा धेरै खाता खोल्ने काम गर्नुपर्छ भनी जिल्लापालले बैठकमा बताए।

आरबीआईका एलडीओ राहुल वर्माले प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना र अटल पेन्शन योजनाको बारेमा जानकारी गराए। उनले धेरैभन्दा धेरै ब्याङ्क खाता खोल्न प्रोत्साहन प्रदान गर्दै समय-समयमा बैठकहरू आयोजन गरिरहनु पर्ने बताए। लीड ब्याङ्कका एलडीएम गोपाल लामाले पीएम किसान लोन र किसान क्रेडिट लोनको बारेमा जानकारी गराए। उनले यस्ता योजनाहरूको विषयमा जानकारीको अभाव रहेको छ भनी बताए। उनले मानिसहरूको सुविधाका लागि बीडीओ कार्यालयबाट मिनी ब्याङ्क चलाउन सकिने सुझाउ पनि राखे।

About Author

Advertisement