रामेछापका विनय घिमिरे त्रिवि पहिलो सेमेस्टरमा ’टप’

IMG-20240823-WA0154

झापा: रामेछाप जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गरेका छन्। शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमांडूबाट विश्व विद्यालय टप गरे। त्रिभुवन विश्व विद्यालयले नतिजा प्रकाशित गरेको छ।
यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा पनि घिमिरे सर्वोत्कृष्ट हुँदै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए। उनीसँगै शंकरदेव क्याम्पसबाट सम्पदा अधिकारी, समीक्षा हमाल, आयुष्मा राउत, सबिना आचार्य र लक्ष्मी शर्मा समेतले ४.०० ‘एसजीपीए’ ल्याई त्रिवि टपर भएको त्रिविले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

About Author

Advertisement