राज्यभरि क्रिसमस पर्व भव्यरूपमा पालन

IMG-20221225-WA0352.jpg

गान्तोक: राज्यको विभिन्न स्थानमा क्रिसमस पर्व भव्यरूपमा पालन गरियो। यसै क्रममा राजधानीस्थित सेन्ट थोमस चर्चमा पनि क्रिसमस पर्व विभिन्न कार्यक्रम सहित पालन गरियो। यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै पास्टर जेराठ लेप्चाले जानकारी गराए अनुसार यस वर्षको क्रिसमस पर्व राज्यभरि नै भव्यरूपमा पालन गरिएको जानकारी गराए। यस पर्वल सम्पूर्ण राज्यबासीमा एकता साथै शान्ति ल्याउने छन्। यीशुको जुन्मले हामीमाझ शान्ति ल्याउन सक्ने उनले विश्वास व्यक्त गरेका छन्। यीशुको जन्म जयन्तीलाई केवल क्रिश्यिन परिवारमा मात्र हाेइन सबै समुदायमा शान्ति ल्याउने उनले आशा व्यक्त गरेका छन्।

About Author

Advertisement