गान्तोकमा विभिन्न विभागीय अधिकारीहरुलाई लिएर क्षमता विकास कार्यक्रम हुने

FB_IMG_1671989482971.jpg

गान्तोक: केन्द्र तथा राज्य सरकारका विभिन्न विभाग, शैक्षणिक संस्थान, पीएसयु आदिका विभिन्न अधिकारीको कौशल विकासका लागि भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत राष्ट्रिय उत्पादनशीलता परिषद्ले (एनपीसी) देशभरी विभिन्न स्थानमा विविध आवासीय प्रशिक्षण कार्यक्रम आयोजन गरिरहेको छ। एनपीसीको आर्थिक सेवा समूहले “प्रभावी कार्यालय प्रशासन तथा वित्तीय प्रबन्धन” माथि आगामी २६ देखि ३० दिसम्बरसम्म, गान्तोक, सिक्किममा यस्तै आवासीय प्रशिक्षण कार्यक्रम आयोजन गर्नेछ। यसमा १३ वटा विभिन्न मन्त्रालय, शैक्षणिक संस्थान, निगम तथा अन्य विभागले भाग लिनेछन्। एनपीसीका (आर्थिक सेवा) निर्देशक एवं कार्यक्रमका संयोजक एवं वित्तीय प्रबन्धनका सङ्काय राजेश शुण्डले यो प्रशिक्षण कार्यक्रम प्रतिभागीहरूले नेतृत्त्व, सञ्चार कौशल, कार्यालय प्रबन्धनका प्रवृत्ति अनि चुनौती, साङ्गठनिक सञ्चार तथा टोलीको कार्यनिष्पादन, भूमिका एवं दायित्त्वबारे गहन जानकारी प्रदान गर्ने बताएका छन्। निवेशको अनुमानबारे वित्तीय निर्णय लिने तथा परियोजना अनि टोलीलाई निर्देशनको सम्बन्धमा पनि प्रशिक्षण सत्र रहनेछ। प्रतिभागीहरूले गुणात्मक एवं परिमाणात्मक औजरको उपयोग गर्नका साथै प्रमुख वित्तीय जोखिम, मूल्याङ्कन तकनिकी अनि विशिष्ट रणनीतिको अध्ययन एवं विकास गर्ने औजार, सही रूपमा कार्यान्वयन लगायत वित्तीय लक्ष्य तय गर्ने सम्बन्धमा उपायको उपयोग गर्नसक्नेछन्।

About Author

Advertisement