राज्यपाल लक्ष्मण प्रसाद आचार्यले जनाए इन्डियान रेड क्रस सोसाइटीको वार्षिक सभामा सहभागिता

IMG-20230718-WA0479.jpg

गान्तोकः नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा इन्डियान रेड क्रस सोसाइटीको वार्षिक सभामा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सहभागिता जनाए। उक्त कार्यक्रम देशका राष्ट्रपति द्रोपदी मुर्मूको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो कार्यक्रममा केन्द्रिय स्वास्थ्य मन्त्री डा. देशमुख मण्डावियाले इन्डियान रेड क्रस सोसाइटीले गरेका विभिन्न प्रकारको कल्याणकारी कार्यहरूबारे विस्तृतरूपमा जानकारी गराए। सोही प्रकारले राज्यपाल आचार्यले सिक्किम राज्यमा रेड क्रस सोसाइटीले गरेका विभिन्न गतिविधिहरूबारे प्रकाश पार्दै गहिरो मानवीय मूल्यहरूलाई बढावा दिनको लागि संस्थाले अहिलेसम्म गरेको प्रयासहरू अवगत गराए।

उनले सिक्किम आफ्नो पहलको अभिन्न अंगको रूपमा यी मूल्यहरूलाई स्थापित गर्न समर्पित रहेको बताए। उनले यी सबै विषयहरूमा सिक्किमले एक अभिन्नरूपमा काम गर्दै आएको र यसलाई स्थापित गर्न समर्पित रहेको बताए।

About Author

Advertisement