गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले केरलाका पूर्व मुख्यमन्त्री ओमन चाण्डीको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा केरलाको विकासमा उनको योगदान र जनताप्रति समर्पित सेवाको निम्ति स्व. चाण्डीलाई सदैव स्मरण गरिने छ भनी बताएका छन्। उनले शोकसन्तप्त परिवार, इष्टमित्र र अनुयायीहरू प्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको निम्ति कामना गरेका छन्।
-हिस










