राज्यपाल माथुर फाम्बोङलो वन्यप्राणी संरक्षण क्षेत्रको भ्रमणमा

IMG-20250908-WA0163

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज प्रसिद्ध वन्यप्राणी संरक्षण क्षेत्र फाम्बोङलो र आर्म पुलिस मुख्यालयको निरीक्षण गरे। उक्त फाम्बोङलो वन्य संरक्षण क्षेत्र ५१.७६ स्क्वायर किलोमिटरा फैलिएको छ। जो पूर्व र पश्चिम क्षेत्रमा पर्दछ। यहाँ विभिन्न प्रजातिको औषधिको विरूवा, रेड पाण्डा, हिमालय भालू लगायत विभिन्न प्रकारको चराहरू पाइन्छ। यस विषयमा डा. मन्जुनाथले राज्यपाललाई यस क्षेत्रलाई संरक्षण हेतु गरिएको विभिन्न पहलहरूबारे जानकारी गराए। यस अवसरमा राज्यपालले गुराँसको विरूवा रोपेको बताइएको छ। राज्यपालले यस स्थानको सन्दरता, जैवविविधता र यस स्थान जैव विविधताको खानी रहेको बताए। सोही प्रकारले सिक्किम आर्म पुलिसको मुख्यालयको भ्रमणको क्रममा उनलाई गार्ड अफ् अनर दिइयो। राज्यपालले पुलिस अधिकारीहरूसँग अन्तक्रिया गर्दै यसको सञ्चालनबारे जानकारी लिए।

About Author

Advertisement