राजधानीमा महिलाको हत्या, एक पक्राउ

IMG-20241001-WA0194

गान्तोक: राजधानीमा फेरि एउटा कथित हत्याको घटना प्रकाशमा आएको छ।
आज अपराह्न स्थानीय ग्रीन डेल स्कूल क्षेत्रमा एउटा किरायको कोठाबाट ३५ देखि ४० वर्ष भित्रको एक महिलाको शव फेला परेको छ। पुलिसको प्रारम्भिक जाँचमा महिलाको हत्या भएको आशङ्का जताइएको छ। मृतकको परिचय लिङदोक निवासी हेमा देवी छेत्रीको रुपमा खुलेको छ।
पुलिसले घटना सम्बन्धमा एकजना जायेद अन्सारी नाम गरेका पेशाले मिस्त्रीलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार आरोपी मृतककै किरायको कोठामा मातेको अवस्थामा भेटिएको थियो।
अहिले नै महिलाको हत्या भएको किटान गरेर भन्न नसकिए पनि सम्भावित हत्या साथै अन्य दिशामा पुलिसले जाँच गरिरहेको छ। उल्लेखनीय छ, केही महिना अघि दागोङ डाँड़ा गाउँमा पनि मूल रुपमा दार्जीलिङ निवासी एक युवकको हत्या भएको थियो।

About Author

Advertisement