राज्यपाल माथुरको नाम्ची भ्रमणलाई लिएर तयारी सभा आयोजित

n6381251561730918537938ea1341d06d94edfb0c67c395ace373b17886a49f95a134bdf22d9877c8c4e403

नाम्ची: आगामी दिनमा नाम्ची जिल्लामा हुने राज्यपाल ओम प्रकाश माथुरको भ्रमणलाई लिएर आज नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा एक सभा सम्पन्न भयो।
उक्त सभामा विशेष गरेर राज्यपाल माथुरको भ्रमण तयारीलाई लिएर जिल्लापालले सम्बन्धित निकायका अधिकारीहरूलाई जानकारी गराइन्।
राज्यपाल माथुरले आगामी ८-९ नोभेम्बरको दिन नाम्ची जिल्लाको भ्रमण गर्ने निश्चित भएकाले यसको तयारीलाई लिएर सभा आयोजना गरिएको बताइएको छ। राज्यपालले आफ्नो भ्रमणमा जिल्ला प्रशासनिक केन्द्रमा आयोजना गरिने एक सम्मेलनमा पनि उपस्थित जनाउने छन्। त्यसबाहेक, राज्यपालले विभिन्न विभागीय प्रतिनिधिहरूसँग उनीहरूको काम र उपलब्धिहरूको समीक्षा गर्नेछन्।
यसैगरी, स्थानीय पहलहरू र विकास प्रयासहरूको बारेमा जानकारी लिनका लागि राज्यपालले स्थलगत भ्रमण पनि गर्नेछन्। राज्यपालको भ्रमण अवधि सबै विभागीय प्रमुखहरूलाई उपस्थित भइदिन कडा निर्देश दिइएको छ।

About Author

Advertisement