ऋणको किस्ता तिर्न नसकेपछि युवकले गरे आत्महत्या

IMG-20240629-WA0057-copy-1

इस्लामपुर: ऋणको किस्ता तिर्न नसक्दा उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गतको रामगञ्ज क्षेत्रको बारा सपनकला गाउँमा एक युवकले आत्महत्या गरेको समाचार छ। मृत्यु हुनेको नाम धीरेश बसक (२२) बाताइएको छ। मृतककी आमा बसन्ती बसाकले श्रीमानको दुई महिनाअघि मृत्यु भएको बताइन्। ‘मेरो छोरा धीरेश बसाक मात्र कमाउने मान्छे थियो। हामीले साप्ताहिक र मासिक ऋण लिएका छौं। त्यही ऋणको तनावले मेरो छोराले आत्महत्या गरे। अब चार जना छोरीलाई कसरी खुवाउने? एउटा छोरा छ, दुई छोरीको विवाह भइसकेको छ, बाँकी दुई छोरीलाई कसरी बिहे गर्ने?’ यति भन्दै उनी रुन थाली। यता स्थानीय स्रोतका अनुसार मृतक धीरेश बसाकले ऋणको किस्ता तिर्नका लागि धेरैसँग सम्पर्क गर्दै आएका थिए। मंगलबार किस्ता तिर्नुपर्ने एक दिनअघि सोमबार उनी धेरैसँग ऋण लिन गएका थिए। कतैबाट .केही नपाएपछि उनले सोमबार राति करिब ८ बजे घरको आँगनमा डोरीले झुण्डिएर आत्महत्या गरेको बताइएको छ। घटनाका कारण क्षेत्र शोकमा डुबेको छ। घटनाको खबर पाएलगत्तै इस्लामपुर थानाको रामगञ्ज चौकीका पुलिस घटनास्थलमा पुगे। पुलिसले शव बरामद गरी पोष्टमार्टमका लागि इस्लामपुर पुलिसले शवगृहमा पठाएर घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement