राज्यपालसँग भाजपा प्रदेश अध्यक्षको शिष्टाचार भेट

FB_IMG_1795089481453

​गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष श्री डी.आर. थापाले आज गान्तोकस्थित लोक भवनमा सिक्किमका माननीय राज्यपाल श्री दुष्यन्त कुमार गौतमसँग शिष्टाचार भेट गर्नुभएको छ।
​भेटका क्रममा सिक्किम र यहाँका जनताको हित, कल्याण तथा समग्र विकाससँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमा केन्द्रित रहेर छलफल भएको थियो। सो अवसरमा प्रदेश अध्यक्ष थापाले जनचासो र सार्वजनिक महत्त्वका विविध विषयहरूमा माननीय राज्यपालको अमूल्य मार्गदर्शन तथा सुझाव समेत लिनुभएको छ।

About Author

Advertisement