गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज उत्तर प्रदेशको प्रयागराजमा आध्यात्मिक चित्र प्रदर्शनीको उद्घाटन गरे। यस चित्र प्रदर्शनीको आयोजना एक्ता का आधार कार्यक्रमअन्तर्गत प्रजापति ब्रह्म कुमारी ऐश्वर्य विश्वविद्यालयले गरेको हो।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रजापति ब्रह्म कुमारी ऐश्वर्यले विश्वविद्यालयले आध्यात्मिक शिक्षा मार्फत समाज निर्माण पुऱ्याउँदै आएको योगदानको सराहना गरे। यस आध्यात्मिक चित्र प्रदर्शनीले समाजमा नैतिक शिक्षाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उनले आशा व्यक्त गरेका छन्।










