राज्यपालकाे उपस्थितिमा​मुख्यमन्त्रीद्वारा ‘हर घर तिरङ्गा’ अभियानको शुभारम्भ

FB_IMG_1786704345601

एमजी मार्गदेखि मनन केन्द्रसम्म प्रभातफेरी

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यपाल ओमप्रकाश माथुरको उपस्थितिमा ‘हर घर तिरङ्गा’ अभियानमा सहभागी भई कार्यक्रमको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना अनुसार सुरु गरिएको यो अभियानले राष्ट्रिय गौरव, एकता र देशभक्तिको भावनालाई प्रवर्द्धन गर्दै प्रत्येक नागरिकलाई राष्ट्रिय ध्वजा तिरङ्गाको सम्मान गर्न प्रेरित गर्ने मुख्यमन्त्रीले बताएका छन्।
​यस अवसरमा एमजी मार्गदेखि मनन केन्द्रसम्म एक भव्य प्रभातफेरी (र्याली) को आयोजना गरिएको थियो। उक्त र्यालीमा मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, सल्लाहकारहरू, अध्यक्षहरू, मुख्य सचिव, प्रहरी महानिरीक्षक (डीजीपी), नगर प्रमुख, उपप्रमुख, काउन्सिलरहरू, विभिन्न विभागका प्रमुखहरू, ओएसडी, वरिष्ठ अधिकारीहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
​कार्यक्रमका क्रममा मुख्यमन्त्री तथा अन्य अतिथिहरूले ‘विभाजन विभिषिका स्मृति दिवस’ को अवसरमा आयोजित प्रदर्शनीको अवलोकन गर्दै देश विभाजनका क्रममा ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। यसका साथै राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वर्षगाँठ समेत मनाइएको छ। मुख्यमन्त्री गोलेले तिरङ्गाले सधैँ एकता, सद्भाव र राष्ट्रिय स्वाभिमानको मार्गमा अघि बढ्न प्रेरणा दिइरहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement